Nepal Times
Nepal Times
3
Shares

जिवित शिशुलाई मृत्यु घोषणा प्रकरण: ३ स्वास्थ्यकर्मीलाई काम गर्न रोक

जिवित शिशुलाई मृत्यु घोषणा प्रकरण: ३ स्वास्थ्यकर्मीलाई काम गर्न रोक

५ माघ विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको इमर्जेन्सीमा उपचार गर्न ल्याएको १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाएको छ ।

अस्पतालले बिहीबार छानबिन समिति गठन गरेकोले अनुसन्धान नसकिँदासम्म डा. यादवसहित अहेब लक्ष्मण माझी र टिका भण्डारीलाई काममा रोक लगाएको हो । उनीहरूलाई स्पष्टीकरण पनि सोधिएको अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए ।

अस्पतालका बाल रोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वको तीन सदस्य समिति बिहीबार नै गठन भई छानबिन सुरु भएको छ । समितिमा अन्य दुई जनामा बाल रोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र एक जना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहने गरी छानबिन समिति गठन भएको छ ।

छानबिन समितिले सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने सूचना अधिकारी नेपालले जानकारी दिए । छानबिनबाट चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाही देखिए कारबाही गरिने उनले बताएका छन् ।

बुधवार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म डा. यादव र अहेब दोय माझी र अधिकारीको डियुटि रहेका थिए । बुधवार बिहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि पिता दिलीप मुखिया र आमा उमा मुखियाले कोशी अस्पताल लिएर आएका थिए ।

डाक्टर आकाश यादवले राम्रोसँग शिशुको उपचार नगरी मृत घोषणा गरेपछि बुधवार अस्पताल दिनभरि तनावग्रस्त बनेको थियो । चिकित्सकले मृत घोषणा गरेको शिशुको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालको एन आइसियुमा राखेर उपचार भइरहेको छ ।

यस घटनाको छानविन गर्न अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वको तीन सदस्य समिति बिहीबार गठन भएको थियो । समितिमा अन्य दुई जनामा बालभोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र एक जना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहेका थिए ।

छानबिन समितिले सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने कोशी अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए ।

यता सोही घटनाका विषयमा समाचार संकलन गर्न पुगेका संचारकर्मीमा माथि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मी नारायण यादवले पत्रकार नविन कर्ण र सोनुकुमार दासलाई दुव्र्यवहार गरेको भन्दै नेपाल प्रेस युनियन मोरङ र मैथिल संचारकर्मी संघ नेपालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.