सिमकोटमा एक फिटसम्म हिउँ जम्यो

सिमकोटमा एक फिटसम्म हिउँ जम्यो

६ माघ, काठमाण्डौ ।
कर्णालीको हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ। विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो। हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ। यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो।

सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ। लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन्। गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको जनजीवन कष्टकर बनेको छ।

लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ। बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन्। हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन्। हुम्लामा यो वर्षकै पहिलो पटक हिमपात भएको छ ।

 

हुम्ला सदरमुकाम सिमकोटमा करिब ५ इन्चजति हिउँ जमेको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । परियारका अनुसार सिमकोटको अधिकतम तापक्रम माइनस ३ र न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस छ । अहिले वर्षासँगै हिमपात भइरहेको छ ।

त्यहाँका स्थानीयहरूले दैनिकी कामलाई थाती राखेर घरभित्र सुरक्षित भएर बसेको उनले बताइन् । हुम्ला सिमिकोट, नाम्खा, खार्पुनाथ, चंखेली गाउँपालिमा निरन्तर हिमपात भइरहेको छ ।सिमकोटमा ६ इन्च, नाम्खा गाउँपालिकाको यारिलेकमा १ फिट हिउँ परेको छ भने खार्पुनाथ गाउँपालिको याङ्चुमा ६ इन्च हिउँ परेको छ ।

त्यस्तै, चंखेली गाउँपालिको मिमीमा सामान्य हिमपात भएको छ । शर्केगाड, ताजाकोट, अदाचुली गाउँपालिमा हल्का वर्षा भैरहेको छ । यस्तै, मुगु, जुम्ला र कालिकोटको चुलिमालिका पनि हिमपात भएको स्थानीयले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.