के सन्दीपले क्रिकेट छोड्न लागेका हुन् ?

६ माघ, काठमाण्डौ ।
बलात्कार आरोपपछि पूर्वपक्षका लागि कारगार पठाइएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अदालतले २० लाख धरौटीमा छाड्ने आदेश दिएपछि अहिले सन्दीप परिवारका साथ समय विताइरहेका छन् ।

Advertisement

उनी धरौटीमा छुटे लगत्तै उनका कानून व्यवसायीले समेत उनलाई क्रिकेट टिमममा फर्काउने बारे नेपाल क्रिकेट संघले सोच्नु पर्ने बताउदै क्रिकेट टिममा फर्काउन माग गरिरहेका बेला सन्दीपले भने क्रिकेट छोड्ने आशयको संकेत गर्दै आफ्नो अभिब्यक्ति सार्वजनिक गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘And the story ends here’ राखेका छन् ।

यसको अर्थ हुन्छ , र कथा यहाँ समाप्त हुन्छ । राष्ट्रिय क्रिकेट खेलाडी राखेको स्थानमा उनले बायो परिवर्तन गरेका छन् । यसले लामो समय नेपाली क्रिकेटमा योगदान गरेका सन्दीपले अहिले क्रिकेट नै छोड्ने मनसाय बनाएको देखिन्छ ।

Advertisement

यसअघि आइसीसीसँग छलफलमा रहेको बताएको क्यानले बिहीबार मात्र सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाउन कुनै योजना नभएको बताएको थियो । सन्दीपलाई उनका समर्थकले समेत क्रिकेट मैदानमा चाडै देख्न चाहेको बताउदै आएका छन् ।

उनी नेपालबाट इन्डियन प्रिमियर लिग आइपीएल खेल्ने एक मात्र खेलाडी हुन् भने विश्वका प्राय सबै चर्चित फे्रन्चाइज क्रिकेट लिगहरुमा उनले आफ्नो सहभागिता जनाइसकेका छन् । उनी अहिले धरौटीमा रिहा भएपनि उनको मुद्धा भने अदालतमा विचाराधीन छ । शर्तसहित छुटेका सन्दीपलाई विदेश भ्रमणमा रोक लगाइएको छ भने देशभित्रै समेत यात्रा गर्न उनले अनुमति लिनुपर्ने अवस्था रहेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top