×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इन्दिरा र मुक्ताकुमारी उपसभामुखको प्रतिस्पर्धामा

७ माघ २०७९

७ माघ, काठमाण्डौ
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज चुनाव हुँदै छ । त्यसका लागि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा सत्ता गठबन्धनबाट हिजै उम्मेदवारी दर्ता गराएका इन्दिरा रानामगर र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछन् ।

इन्दिरा रास्वपाकी समानुपातिक सांसद हुन् । उनको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन छन । शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले झापाकी रानामगरलाई अघि सारेको हो ।उनी सामाजिक क्षेत्रमा स्थापित भइसकेकाले उपसभामुखमा अघि सारेको रास्वपाले जनाएको छ । बन्दी सहायता नेपालकी संस्थापक उनले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छन ।

Advertisement

यस्तै कांग्रेसबाट उम्मेदवारी दिएकी यादव पार्टीकी केन्द्रीय सदस्य हुन । उनी राष्ट्रिय सभाकी पूर्वसांसदसमेत हुन । उनी २०७४ मा मधेस प्रदेशबाट दुई वर्षका लागि राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन । त्यसअघि उनी २०७० मा समानुपातिक सांसद थिइन । यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे छन ।

एकीकृत समाजवादीका मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक समर्थक छन । कांग्रेसले एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासहित मोर्चा बनाएर उपसभामुखमा उम्मेदवारी दिएको हो ।

रानामगरको पक्षमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी छन । बिहीबार भएको सभामुखको निर्वाचनमा यही गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेका छन ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको हो । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top