कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना

७ माघ, काठमाडौं ।

चलिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ।लंकाशायर प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा प्रधानमन्त्री सुनकले चलिरहेको कारमा सिटबेल्ट नलगाएपछि सशर्त जरिवना लगाएको हो।प्रहरीका अनुसार सुनकले आफूले गल्ती गरेको स्वीकार गर्दै माफीसमेत मागेका छन्।

यद्यपि उनले जरिवाना भने तिर्नुपर्नेछ।सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा १०० पाउन्ड जरिवाना गर्न सकिन्छ। यदि मुद्दा अदालतमा पुग्यो उक्त जरिवाना ५ सय पाउन्डसम्म बढ्नसक्छ।इङ्गल्याण्डको उत्तरी यात्राको क्रममा रहेका प्रधानमन्त्री सुनक भिडियो खिचिएको बेला लंकाशायरमा थिए।

प्रधानमन्त्री सुनकको आफूले बनाएको भिडिओ इन्स्टाग्राममा पोस्ट गरेका थिए।बेलायतमा बहालवाला प्रधानमन्त्रीलाई जरिवाना गरिएको यो दोस्रो पटक हो।यसअघि गत अप्रिलमा तत्कालिन प्रधानमन्त्री बोरिस जोनसन र श्रीमती क्यारीले कोविड लकडाउनका नियमहरू तोडेको भन्दै जरिवाना गरिएको थियो।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top