९ माघ, काठमाण्डौ ।
नाबालिकालाई जबरजस्तीकरणीको अभियोगमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्धामा आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । यसअघि अन्तिम फैसलाका लागि सन्दीपलाई पुर्पक्षको लागि थुनामा पठाउँदै जिल्ला अदालतले आजका लागि पेशी तोकिएको थियो ।
उनको मुद्धामा आज सुनुवाई हुने सम्भावना रहेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरले बताएका छन् । जिल्ला अदालतको अन्तिम फ्रसला गर्दै सन्दीपका विषयमा जेल सजाय तोके सन्दीपले फेरि जेल जानु पर्न सक्ने अधिवक्ताहरुले बताएका छन् ।
यसअघि उच्च अदालतले पुर्पक्षका लागि थुनामा रहेका सन्दीपलाई धरौटीमा थुनामुक्त हुन आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तर सन्दीपले त्यसविरुद्ध उच्च अदालतमा थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए ।सन्दीपको निवेदनपछि उच्च अदालत पाटनले गत बिहीबार सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । थुनामुक्त भएपछि सन्दीपले क्रिकेटको अभ्यास पनि सुरु गरिसकेका छन् ।
यद्यपी उनी पक्राउ परेसँगै उनलाई निलम्बन गरेको क्यानले राष्ट्रिय टोलीमा फर्काउने निर्णय भने गरेको छैन ।सन्दीपमाथि गत भदौ ६ गते एक किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप छ । सन्दीप असोज २० गते पक्राउ परेका थिए । ९९ दिन थुनामा बसेपछि सन्दीप थुनामुक्त भएका थिए ।