सन्दीपको मुद्दामा आज फैसला आउन सक्ने

९ माघ, काठमाण्डौ ।

नाबालिकालाई जबरजस्तीकरणीको अभियोगमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्धामा आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । यसअघि अन्तिम फैसलाका लागि सन्दीपलाई पुर्पक्षको लागि थुनामा पठाउँदै जिल्ला अदालतले आजका लागि पेशी तोकिएको थियो ।

उनको मुद्धामा आज सुनुवाई हुने सम्भावना रहेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरले बताएका छन् । जिल्ला अदालतको अन्तिम फ्रसला गर्दै सन्दीपका विषयमा जेल सजाय तोके सन्दीपले फेरि जेल जानु पर्न सक्ने अधिवक्ताहरुले बताएका छन् ।

Advertisement

यसअघि उच्च अदालतले पुर्पक्षका लागि थुनामा रहेका सन्दीपलाई धरौटीमा थुनामुक्त हुन आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर सन्दीपले त्यसविरुद्ध उच्च अदालतमा थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए ।सन्दीपको निवेदनपछि उच्च अदालत पाटनले गत बिहीबार सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । थुनामुक्त भएपछि सन्दीपले क्रिकेटको अभ्यास पनि सुरु गरिसकेका छन् ।

Advertisement

यद्यपी उनी पक्राउ परेसँगै उनलाई निलम्बन गरेको क्यानले राष्ट्रिय टोलीमा फर्काउने निर्णय भने गरेको छैन ।सन्दीपमाथि गत भदौ ६ गते एक किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप छ । सन्दीप असोज २० गते पक्राउ परेका थिए । ९९ दिन थुनामा बसेपछि सन्दीप थुनामुक्त भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

सम्बन्धित समाचार

Scroll to Top