विराटनगर ः कटहरी चार खयरबन स्थित ऋषिदेव टोलमा बिजुलीको पोल लडेर गाउँ अन्धकार भएको चार वर्ष भयो ।तर शिवनारायण ऋषिदेवको घरमा मासिक रुपमा विद्युत प्राधिकरणको बील आउने गरेको छ ।
बिजुली नबलेको अवधिको बील ५ हजार ४ सय ४० रुपैँयाको रसिद देखाउँदै उनले भने “बिजुली जोडिन्छ भने नबलेको समयको बील तीर्न तयार छु ।”
उनले देखाएको बील पोल ढलेपछि हो ।
आर्थिक हैसियत नभएका ऋषिदेव परिवारका केहीले भने मिटर जोडेका थिए ।तर, बिजुली नभएको समयमा पनि नियमित बिल आउने गरेको प्रति मिटर भएका घरधनीहरुको आपत्ति छ ।आजको उद्घोष दैनिकमा समाचार छ ।