आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानभर अन्धकार

९ माघ, एजेन्सी ।
आर्थिक संकटमा डुबेको पाकिस्तान अहिले साँच्चै अन्धकारमा डुबेको छ । पहिले देशमा आटा सकियो, त्यसपछि ग्यास र पेट्रोलको संकट आयो अब बिजुलीविना अन्धकार भएको छ । सोमबार बिहानैदेखि पाकिस्तानको ठूलो भाग अन्धकारमा डुबेको पाकिस्तानी संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

क्वेटा र गुड्डु बीचको हाइ–टेन्सन प्रसारण लाइनमा त्रुटिका कारण सोमबार देशका विभिन्न भागहरूमा विद्युत विफलता भएको थियो। पाकिस्तान पहिले नै विद्युत अभाव र लामो लोडसेडिङको सामना गरिरहेको छ। विद्युत बचत गर्न सरकारले ८ बजे बजार बन्द गर्न निर्देशन दिएको छ ।

पाकिस्तानी समाचार वेबसाइट ’दुनिया न्युज’का अनुसार बलुचिस्तानका क्वेटा, इस्लामाबाद, लाहोर, मुल्तान क्षेत्रका सहरहरू र कराँची जस्ता धेरै जिल्लाहरूसहित २२ जिल्लामा विद्युत कटौती भएको छ। लाहोरको माल रोड, क्यानल रोड र अन्य क्षेत्रका मानिसहरूले विद्युत कटौतीको संकटको सामना गरिरहेका छन्।

Advertisement

यस विषयमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । प्रसारण लाइनमा प्राविधिक गडबडीका कारण सिन्ध, खैबर पख्तुनख्वा, पञ्जाब र राजधानीमा विद्युत अवरुद्ध भएको समाचारमा जनाइएको छ । विहान ७ः३४ बजे राष्ट्रिय ग्रिडमा गडबडी भएको जानकारी विद्युत मन्त्रालयले दिएको छ ।

विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको बताइएको छ । विद्युत् अवरुद्ध हुँदा मेट्रो सेवा पनि प्रभावित भएको छ भने यात्रुलाई सास्ती भएको छ । इस्लामावाद बिजुली आपूर्ति कम्पनीको ११७ ग्रिड स्टेशनहरूमा विद्युत आपूर्ति पनि अवरुद्ध भएको र पूरै शहर तथा रावलपिंडी अन्धकारमा डुबेको छ ।

Advertisement

पाकिस्तानका विभिन्न क्षेत्रका मानिसहरूले सामाजिक सञ्जालमा पावर फेल भएको जानकारी दिइरहेका छन्। अन्धकारमा डुबेको पाकिस्तान धेरै कठिनाइको गहिरो अन्धकारमा डुबेको छ । देशमा गहुँबाली नष्ट भएपछि पीठो महँगो भएको छ ।

जनतालाई पीठो मात्र होइन दाल र तेल पनि किन्न समस्या भइरहेको छ । केही महिनादेखि विद्युत् आपूर्तिको अवस्था नाजुक छ । पाकिस्तान सरकारले लामो विद्युत कटौतीबाट बच्न र बिजुली अभावको सामना गर्न बजारहरू साँझमा नै बन्द गर्न आदेश दिएको छ। पछिल्लो समय डलरको अभावमा विदेशबाट हुने आयात समेत प्रभावित हुने अवस्थामा पाकिस्तान पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top