एउटै पासामा दुई प्रेमीको आत्महत्या !

एउटै पासामा दुई प्रेमीको आत्महत्या !

सिन्धुलीपाल्चोक ः दुई प्रेमी मेलम्च नगरपालिका सिन्धुकोटको जंगलमा आत्महत्या गरेका छन् । आजको कान्तिपुरमा यो खबर छ ।

जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ बर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ बर्षीया फुलमाया तामाङ कटुसको रुखमा एउटै डोरीमा भुन्डिएको अवस्थामा आईतबार फेला परेका हुन् ।

७ महिनाअघि जाजरकोटबाट मेलम्ची नगरपालिकाको मानेभञ्ज्यामा आवास निर्माणका लागि आएका ठकुरीसहित साउन ७ गते तालामाराङ गाउँका दुइ जोडी युवायुवती एकै पटक हराएका थिए ।

हराएका युवतीमध्ये फुलमाया ठकुरीसँगै झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।अर्की १५ बर्षीया युवती र युवक २५ बर्षीय अमृत रोकाय भने हराएकै दिन राति आफै घर फर्किएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.