Nepal Times
Nepal Times
3
Shares

यू–१९ विश्वकप छनोटःके नेपाल शीर्ष स्थानमा रहला ?

यू–१९ विश्वकप छनोटःके नेपाल शीर्ष स्थानमा रहला ?

१० माघ, एजेन्सी ।
नेपालले आउँदो महिना यूएईमा हुने आईसीसी १९ वर्षमुनिको विश्व कप छनोटमा पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले छनोटमा नेपालले खेल्ने खेल तालिका सर्वजनिक गरेको छ । नेपालले पहिलो खेल फागुन १२ अर्थात् फेब्रुअरी २४ मा सिङ्गापुरसँग खेल्नेछ ।

दोस्रो खेल फागुन १३ मा कुबेतसँग खेल्नेछ । त्यस्तै फागुन १५ मा हङकङसँग खेल्नेछ । फागुन १६ मा मलेसियासँग खेल्नेछ । त्यसपछि नेपालले दुई दिन विश्राम गर्नेछ । अन्तिम खेल फागुन १८ मा यूएईसँग खेल्नेछ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।

नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहन सके सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ । नेपाली टोली २०१६ पछि यू–१९ विश्वकप खेल्ने सोचमा हुनेछ । टोलीको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् । नेपालले १४ सदस्यीय टोलीको पनि घोषणा गरेको छ ।

तर कप्तानको टुङ्गो लागेको छैन । क्यानले घोषणा गरेको टोलीमा ८ खेलाडी पहिलो पटक यू–१९ नेपाली टोलीमा परेका छन् । सिनियर टोलीबाट खेलि सकेका देव खनाल, गुलशन झासँगै युवा ब्याटर अर्जुन कुमाल, स्पिनर दीपेश कँडेल, विशाल विक्रम केसी र दुर्गेश गुप्ताले यसअघि नेपाली यू–१९ टोलीबाट खेलेका खेलाडी हुन् ।

अन्य सबै खेलाडी नेपाली यू–१९ टोलीमा पहिलो पटक परेका हुन् । क्यानले २८ जनाबाट १८ जना हुँदै १४ जनाको नाम सार्वजनिक गरेको हो । प्रशिक्षक जगत टमाटाका अनुसार नेपालले बंगलादेशमा गएर अभ्यास खेल खेल्ने सम्भावना छ । त्यसको लागि क्यानसँग टोलीले आग्रह गरि सकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.