जेलको अनुभव दिलाउने रुपन्देहीको रेस्टुरेन्ट बन्द

९ माघ ७९, मंगलबार

१० माघ, काठमाण्डौ ।
समाजमा नकारात्मक असर सन्देश जाने गरी संचालन गरिएको भन्दै रूपन्देहीको भैरहवामा सञ्चालित जेल रेस्टुरेन्ट एण्ड बारलाई प्रशासनले बन्द गराएको छ । रेस्टुरेन्टमा जेलजस्तो हिरासत, नक्कली बन्दुक पड्काउने र झुण्डिएर आत्महत्या गरेको ‘डेमो’ जस्तो देखाउने गरिएपछि रेस्टुरेन्ट बन्द गराइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक (इन्पेक्टर) दीपक कुँवरले बताएका छन् ।

३ महिना अगाडिदेखि सञ्चालनमा आएको रेस्टुरेन्ट सामाजिक सञ्जाल र टिकटकमा भाइरल भएको थियो । स्थानीय देवकोटाचोकस्थित जेल रेस्टुरेन्टमा पुग्ने ग्राहकलाई लक्षित गरी रेस्टुरेन्टका कोठाहरू जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकाले रेस्टुरेण्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताएका छन् ।

उनले स्थानीय मिडियाबाट रेस्टुरेन्टबारे जानकारी भएको र अनुगमन गर्दा कैफियत देखिएको कारण बन्द गराइएको बताएका छन् । सहायक प्रजिअ अर्यालले रेस्टुरेण्ट बन्द गर्न लगाई मंगलवार जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको बताएका छन् । उनले यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने पनि बताएका छन् ।

Advertisement

फरक शैलीको नाममा जेलको आकारमा रेस्टुरेन्ट बनाइएको र यसले समाजमा नकारात्मक असर पुगेको पाइएकाले बन्द गर्नुपरेको अर्यालले बताएका छन् । रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र डोरी लगायतका पासो प्रशासनले जफत गरेको छ । रेस्टुरेन्टबारे टिकटकमा आएका भिडिओ भाइरल छन् । भिडिओमा कमेन्ट गर्ने अधिकांशले यस रेस्टुरेन्टको विरोध गर्दै आएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top