सूर्यकुमारले जिते उत्कृष्ट टि२० क्रिकेटरको अवार्ड

१२ माघ, एजेन्सी ।
भारतीय क्रिकेटर सूर्यकुमार यादवले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष टि२० आई क्रिकेटर अफ दी अवार्ड जितेका छन् । सानदार प्रदर्शन गरेका सूर्यले उत्कृष्ट टि२० क्रिकेटर २०२२ को अवार्ड जितेका हुन् । उनले ट्वान्टी–२० फर्म्याटमा आईसिसीको यो अवार्ड हात पार्न इंग्ल्यान्डका साम करन, पाकिस्तानका मोहम्मद रिजवान र जिम्बावेका सिकन्दर राजालाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।

यस्तै पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम आईसीसीको ओडीआईतर्फ २०२२को वर्ष खेलाडी घोषित भएका छन् । उनी अघिल्लो वर्षपनि ओडीआई वर्ष खेलाडी घाोषित भएका थिए । यसअघि बाबरकै कप्तानीमा आईसीसीले ओडीआई टिम आफ दी इयर सार्वजानिक गरेको थियो ।

बाबरको २०२१ सिजन जत्ति स्मरणीय थियो त्यत्तिनै २०२२ पनि, पछिल्लो समय टी–२० क्रिकेटमा उल्लेख्य प्रदर्शन गर्न नसकेपनि उनी एकदिवसिय वरियतामा लामो समयदेखि शिर्ष स्थानमा रहेका छन् । बाबरले २०२२मा ९ वटा मात्रै एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेपनि ८४.८७ को औसत र तीन सतकसहित ६ सय ७९ जोड्दै स्मरणिय बनाएका थिए ।

Advertisement

आईसीसी टी–२० वर्ष खेलाडीको अवार्ड जितेका सूर्यकुमारले २०२२ मा ३१ खेलमा २ शतक र ९ अर्धशतकसहित १ हजार १ सय ६४ रन बनाउँदै शीर्ष स्थानमा रहेका थिए । सूर्यकुमारले केही कीर्तिमानसमेत बनाएका छन् । सूर्यकुमार टी–२० अन्तर्राष्ट्रियमा एक क्यालेन्डर वर्षमा १ हजारभन्दा बढी रन बनाउने दोस्रो खेलाडी बनेका छन्।

३२ वर्षीया उनले १८७.४३ को स्ट्राइक रेटमा ११६४ रन बनाएर वर्षको सर्वाधिक रन बनाउने खेलाडी बने। यस अवधिमा उनले ६८ छक्का प्रहार गरेका थिए । टी–२० क्रिकेट इतिहासमा कुनै पनि क्रिकेटरले एक वर्षमा सबैभन्दा बढी छक्का प्रहार गरेको यही हो। सूर्यकुमार वर्षभर भारतीय टोलीका मुख्य ब्याट्सम्यान रहे र यस अवधिमा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरे ।

Advertisement

अष्ट्रेलियामा भएको आईसिसी पुरुरूष टी–२० विश्वकपमा पनि उनले सानदार प्रदर्शन गरे। उनले १८९.६८ को स्ट्राइक रेटमा ६० को औसतमा ६ पारीमा ६ वटा अर्धशतक बनाएका थिए । यस्तै उनले सन् २०२३ मा पनि शतक प्रहार गर्दै वर्षको सुरूआत गरेका छन् ।

अघिल्लो वर्षको लयलाई कायम राख्दै उनले न्युजिल्याण्डमा भएको द्विपक्षीय शृंखलामा टी–२० अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाएका हुन् । हाल आइसिसीको टी–२० खेलाडी सूचीमा शीर्ष स्थानमा रहेका सूर्यकुमारले ९०८ रेटिङ अंक पाएका छन् । यस्तै महिलातर्फ ‘वेस्ट क्रिकेटर अफ द इयर’ को उपाधि अस्ट्रेलियाकी ताहलिया म्याकग्राले जितिन् ।

इमर्जिङ क्रिकेटरको अवार्ड दक्षिण अफ्रिका तीव्र गतिका बलर मार्को यानसनले जितेका छन् । मार्को यानसनले टेस्टमा ३६, ओडिआईमा दुई र टि२० आईमा एक विकेट लिएका थिए । यानसनले भारतका अर्शदीपसिंह, न्युजिल्यान्डका फिन एलेन र इब्राहिम जद्रानलाईपछि पार्दै अवार्ड जितेका छन् । एसोसियट क्रिकेटर २०२२ को अवार्ड नामिबियाका कप्तान जेरार्ड इरास्मसले जितेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top