Nepal Times
Nepal Times
45
Shares

आज नेप्सेमा झिनो अंकले बजार घट्दा ३ कम्पनीको मूल्यमा सर्किट

आज नेप्सेमा झिनो अंकले बजार घट्दा ३ कम्पनीको मूल्यमा सर्किट

१२ माघ,काठमाडौँ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा सामान्य गिरावट आएको छ । यस दिन नेप्से सूचक ०.३५ अंकले घट्दै २१८३.२७ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक १०.३७ अंकले बढ्दै २१८३.६२ अंकमा उक्लिएको थियो ।
आज बैंकिङ, विकास बैंक, फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् ।त्यसो त घट्दो बजारमा आज तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साताको अन्तिम कारोबार दिन लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको हो ।  ०.३५ अंकले नेप्से घटेको दिन कुल २ अर्ब ८६ करोड ८२ हजार रुपैयाँ बराबरको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.