कोशी एक्स्पोमा सगरमाथादेखि केचनासम्म हेर्न पाइने

१२ माघ ७९, शुक्रबार

१२ माघ, विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको सीएनआई कोशी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सवैभन्दा होचो स्थान केचना कवल हेर्न पाइने भएको छ ।

प्रदेश १ को भौगोलिक, जातीय र साँस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवलोकनकर्ताहरुलाई जानकारी दिने उदेश्यले यस्तो देखाउन लागिएको जनाइएको छ ।

त्यसका लागि एक्स्पो स्थलमा ती संरचना निर्माणको काम सुरु भएको हो । हिमालदेखि पहाड हुँदै तराईको भू–बनोटलाई एक्स्पोका दर्शकहरुले हेर्ने र त्यसबाट नेपालको भौगोलिकदेखि साँस्कृतिक सम्पन्नताबारे ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।

Advertisement

विराटनगर महानगरपालिका–२ शंकरपुरमा एक्स्पोको तयारी तिब्र पारिएको छ । एक्स्पो स्थलमा आवश्यक संरचना जडान र निर्माणको काम जारी रहेको छ ।

Advertisement

ऐतिहासिक रुपमा आयोजना हुन लागेको एक्स्पोमा अवलोकनकर्ताहरुको मनोरञ्जनका लागि कोशी नदीमाथिको सेल्फी पुल, थारु र झाँगडको परम्परागत घरहरु जस्ता संरचना पनि निर्माण गर्न सुरु गरिएको जनाइएको छ ।

एक्स्पोमा नेपालकै चर्चित ब्याण्डहरुले प्रस्तुति दिने निश्चित भइसकेको एक्स्पो आयोजक समितिका संयोजक राजेन्द्र राठीले बताए ।

सविन राई तथा उनको फारोह ब्याण्ड र राजु लामाको मंगोलियन हर्ट ब्याण्ड, अभया सुब्बा द स्ट्रिम इन्जिन्स, एकदेव लिम्बु, नितेश जंग कुवर र उनको ब्याण्ड, समिर श्रेष्ठ, आशिष गुभाजुको अकोष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ लगायतका गायक उनीहरुको ब्याण्डले दैनिक प्रस्तुति दिने जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top