रविले पाए नागरिकता, फेरि चुनाव लड्ने बाटो खुल्यो

१५ माघ,काठमाण्डौ ।
निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका छन् । लामिछाने आज नागरिकता पुनः प्राप्तिको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका थिए ।काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतको आदेशबाट अनागरिक भएका निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नागरिकता प्रमाणपत्र लिएको पुष्टि गरेको छ।

आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकताका लागि निवेदन दिएपछि प्रक्रिया पु¥याएर वितरण गरिएको बताएका हुन्। लामिछाने सर्वोच्चको आदेशपछि नागरिकताको प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन काठमाडौं पुगेका थिए।

गत शुक्रबार सर्वोच्चको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो। सोहीअनुसार लामिछानेले प्रशासन कार्यालय पुगेर नागरिकता लिएका हुन्। लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

Advertisement

यसअघि लामिछानेले नागरिकता लिन गृह मन्त्रालयसँग परामर्श गरेको बताइएको छ। गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी काठमाडौं जिल्ला प्रशासनमा पुगेका थिए। लामिछाने २०५० मा लिएको नागरिकता त्यागेर अमेरिकी नागरिक भएका थिए।

तर २०७५ मा नेपाल फर्किएका रविले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेस गरेका थिएनन्। २०५० मा लिएर बीचमा त्यागिसकेको नागरिकता पेस गरेर उनले नेपाली राहदानी निकालेका थिए। पछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेस गरेका थिए।

Advertisement

रविले गत ४ मंसिरको निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा सांसदमा उम्मेदवारी दिँदा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेस गरेका थिए। चितवन २ बाट निर्वाचित सांसद, गृहमन्त्री र रास्वपा सभापति पदसमेत गुमाएका उनले अब नेपाली नागरिकका रुपमा सक्रिय हुन सक्नेछन्। यद्यपि रविविरुद्ध दोहोरो राहदानी प्रयोग, खारेज भइसकेको नागरिकताबाट पदमा पुगेर कानुनी दुरुपयोग गरेको आरोप लागेको छ।

जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता पुनःप्राप्त गरेका रवि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पुनःस्थापित हुने भएका छन् । यस्तै नयाँ नागरिकता लिएपछि उनलाई अब हुने उपनिर्वाचनमा उम्मेदवार हुने बाटो समेत खुलेको छ । आजै केन्द्रीय समिति बैठक बसेर उनलाई सभापति बनाउने तयारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताएका छन् । ढकालले रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक डाकेको बताएका छन् ।

सो बैठकमा रविलाई सभापति बनाउने प्रस्ताव पारित गर्ने पार्टी नेताहरुको भनाइ छ । शुक्रबार बसेको वैठकले डीपी अर्याललाई कार्यवाहक सभापति र पार्टी संसदीय दलको जिम्मेवारी दिएको थियो । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ ।

सर्वोच्चले नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो । लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ ।

रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै रास्वपा प्रवक्ता मुकुल ढकालले, ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको भन्दै त्यसकारण गृहमन्त्रालयमा आफूहरुको दाबी रहने बताएका छन् । तर गृहमन्त्रीमा रास्वपाले कसलाई पठाउने भनेर तय गरिसकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top