मोदीका लागि बीबीसीमाथि खनिए भारतीय

१५ माघ, एजेन्सी ।
बेलायतमा रहेका विभिन्न विदेशी भारतीय संस्थाका सयौं सदस्यहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथिको विवादास्पद वृत्तचित्रको विरोधमा मध्य लन्डनस्थित बीबीसी मुख्यालय बाहिर प्रदर्शन गरेका छन्। लन्डन, म्यानचेस्टर, बर्मिङ्घम, ग्लासगो र न्यूकासलका बीबीसी स्टुडियोहरूमा ’चलो बीबीसी’ विरोध प्रदर्शनहरू आयोजना गरिएको छ ।

यसको आयोजना ’इन्डियन डायस्पोरा यूके’ (आईडीयूके), ’फ्रेन्ड्स अफ इन्डिया सोसाइटी इन्टरनेशनल’ (एफआईएसआई) यूके, ’इनसाइट यूके’ र ’इनसाइट यूके’ ले गरेका थिए । फोरम अफ ब्रिटेन (एचएफबी) जस्ता हिन्दू संगठनहरू विरोध गर्न एकजुट भएका छन् ।

प्रदर्शनकारीले ‘बीबीसी बहिष्कार’, ‘ब्रिटिश बायस कर्पोरेशन’ र ‘हिन्दूफोबिक कथा बन्द गर’, ‘शेम अन बीबीसी’,जस्ता नारा लेखेका प्लेकार्डहरू बोकेका थिए। उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वृत्तचित्र निकै पक्षपाती रहेको बताएका छन् ।

Advertisement

उनीहरुले भारतीय न्यायपालिकाले मोदीलाई पूर्णरुपमा निर्दोष घोषित गरेपनि बीबीसीले न्यायाधीश र न्यायपालिका हुने निर्णय गरेको बताएका छन् । प्रर्दशनमा सहभागीले “बीबीसीको अन्तर्राष्ट्रिय रूपमा छानबिन हुनुपर्ने र सार्वजनिक प्रसारणकर्ताको रूपमा आफ्नो कर्तव्य पूरा गर्न असफल भएकोमा बीबीसीको सञ्चालक समितिको छानबिन हुनुपर्ने बताएका छन् ।

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) को वृत्तचित्र ’भारतः मोदी प्रश्न’ दुई भागमा छ, जुन २००२ गुजरात दंगासँग सम्बन्धित केही पक्षहरूको अनुसन्धानमा आधारित रहेको दाबी गरिएको छ। सन् २००२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात राज्यको मुख्यमन्त्री थिए। विदेश मन्त्रालयले वृत्तचित्रलाई “प्रचारको टुक्रा“ भन्दै खारेज गरेको छ।

Advertisement

उसले यसमा वस्तुनिष्ठताको कमी र औपनिवेशिक मानसिकता झल्काउने समाग्री भनी टिटप्णी गरेको छ । मोदीको सो बृत्तचित्र भने प्रशारणमा रोक लगाइएको छ । शृंखलाबद्ध डकुमेन्ट्री इन्डिया ः द मोदी क्वेस्चनको पहिलो सीजनको पहिलो एपिसोडमा गुजरात दंगामा तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको भूमिकाका बारेमा देखाइएको छ ।

त्यसको दोस्रो एपिसोडमा मोदी प्रधानमन्त्री बनेपछि गाईको हत्या गरेको आरोप लागेका मुसलमानहरूको हत्या गरिएको विषय उठाइएको छ । दोस्रो एपिसोडमाथि पनि भारत सरकारले प्रतिबन्ध लगाएको छ । नेपालबाट समेत युट्युबमा यी दुवै एपिसोडहरू हेर्न मिल्दैनन् । तर ओडिसी नामक भिडियो अपलोड साइटमा यस डकुमेन्ट्रीका दुवै एपिसोडहरू राखिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

सम्बन्धित समाचार

Scroll to Top