पीएसजीमा मेसी,एमबाप्पे र नेयमारको आलोचना

१६ माघ,एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रबन्धक क्रिस्टोफ गाल्टियरले लियोनल मेसी, नेयमार र किलीयन एमबाप्पेलाई प्रहार गरेका छन्। विश्व प्रख्यात फरवार्ड ट्रियोले आफ्नो प्रि–वर्ल्डकप लय पुनः प्राप्त गर्न असफल भएका छन्, जसको परिणामस्वरूप क्लबको नतिजामा पनि गिरावट आएको छ।

पीएसजी आइतबार, जनवरी २९ मा पार्क डेस प्रिन्सेसमा लिग १ मा स्टेड रेम्ससँग १–१ को बराबरीमा रोकिएको थियो। मेसी, नेयमार र एमबाप्पे तीनैले खेल एकसाथ सुरुवात गरेपनि आफ्नै घरेलु मैदानमा पेरिस क्लबले जित निकाल्न सफल भएन। क्रिस्टोफ गाल्टियरको टोलीले ५१ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो।

पीएसजीका लागि नेयमारले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिएका थिए। तर, ५९ औं मिनेटमा मार्को भेराट्टीले रातो कार्ड पाएपछ पीएसजी १० खेलाडीमा झरेको थियो। त्यसपछि खेलको थप गरिएको समयको छैटौं मिनेटमा फोलारिन बालगुनले गोल गरेपछि पीएसजीले खेल जित्ने सुनौलो मौका गुमाएको हो। खेल १–१ को बराबरीमा सकिएको थियो।

Advertisement

जसपछि ग्याल्टियरले आफ्नो फरवार्ड ट्रियोसँग असन्तुष्ट रहेको प्रष्ट परेका छन्। उनले यो पनि स्वीकार गरेका छन् कि पेरिस क्लबले थप खेलाडी अनुबन्ध गर्न प्रयास गरिरहेको छ जसले आफ्नो टोलीका लागि फरक चीज दिनेछ।

गाल्टियरले प्राइम भिडियो कुराकानीमा भनेका छन्, “मलाई थाहा छ कि क्लबले एक वा दुई खेलाडी अनुबन्ध गर्ने प्रयास गरिरहेको छ। जाहिर छ, हामीले बलियो हुनुपर्ने देखिन्छ। हामीले सुरुआत गर्नै पर्ने थियौं, हामीले अहिलेको भन्दा फरक आक्रमणकारी खेलाडी लिनु पर्ने थियो। हामीसँग फाइनान्सियल फेयर प्लेको कुरा पनि छ,” ५६ वर्षीया फ्रेन्च प्रशिक्षकले आफ्नो टोलीको पछिल्लो केही समयको लय खराब हुनुमा आफू जिम्मेवार रहेको दाबी गर्दै आफूले चाँडै नै परिवर्तनहरू गर्ने पनि बताएका छन् ।

Advertisement

“अब हामी पुन प्रतिपर्धत्मक हुनका लागि धेरै निर्णय हुनेछन्। उनले भनेका छन्, किनभने हामी कम्फर्ट जोनमा परेका छौं जहाँबाट बाहिर निस्कन गाह्रो छ। हामीले आफैंलाई झक्झक्याउन आवश्यक छ। हामी काम गर्न जारी राख्नेछौं तर कुराकानी गर्न पनि जरूरी छ। उनले पीएसजी टोलीका अधिकांश सदस्यहरूको प्रदर्शनको लागि आलोचना गर्दै थ पभनेका छन्,”अहिले, धेरै खेलाडीहरू आवश्यक स्तरमा छैनन्। के हामी आफैंलाई तल पारिरहेका छौँ? विश्वकपपछि हामी हाम्रो नतिजाबाट सन्तुष्ट हुन सक्दैनौं।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top