Nepal Times
Nepal Times
414
Shares

एमबाप्पेका समर्थकका लागि दुःखको खबर

एमबाप्पेका समर्थकका लागि दुःखको खबर

२० माघ, एजेन्सी ।
स्पानिस ला लिगामा रियल मड्रिडले दश खेलाडीमा समेटिएको भ्यालेन्सियालाई २–० ले पराजित गरेको छ । जितपछि दोस्रो स्थानको रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ५ मा झारेको छ । रियलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा दुई मिनेट अन्तरमा रियलले दुई गोल गर्याे । मार्काे असेन्सियोले ५२ औं र भिनिसियस जुनियरले ५४ औं मिनेटमा गोल गरे । गाब्रिएल पाउलिस्टाले ७२औं मिनेटमा रातो कार्ड पाएपछि भ्यालेन्सिया दश खेलाडीमा समेटिएको थियो । जितपछि रियलले १९ खेलबाट ४५ अंक जोडेको छ ।

भ्यालेन्सिया समान खेलबाट २० अंकसहित १४ औं स्थानमा छ । बार्सिलोना १९ खेलबाट ५० अंकसहित शीर्ष स्थानमा छ । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर किलिएन एमबाप्पेले चोटका कारण च्याम्पियन लिग अन्तिम १६ अन्तर्गत बायर्न म्युनिख विरुद्धको खेल गुमाउने भएका छन् ।

‘थाई इन्जुरी’ का कारण करिब तीन साता बाहिर बस्नुपर्ने भएपछि एमबाप्पेले खेल गुमाउने भएका हुन् । बुधबार फ्रेन्च लिग वानमा मोन्टेपिलरलाई ३–१ ले हराउँद एमबाप्पेले घाइते हुँदै मैदान छाडेका थिए । २१ औं मिनेटमा मैदान छाड्नुअघि एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

पीएसजीले फेब्रुअरी १४ मा घरेलु मैदानमा जर्मन च्याम्पियन्स बायर्न विरुद्ध खेल्नेछ । यस्तै २४ वर्षीय एमबाप्पेले फ्रेन्च कप अन्तर्गत मार्सेल विरुद्ध फेब्रुअरी ८ मा हुने खेल समेत गुमाउनेछन् । साथै फेब्रुअरी ११ मा हुने मोनाको विरुद्धको खेल पनि उनले गुमाउने छन् ।

एमबाप्पेले यस सिजन पेरिस क्लबका लागि २६ खेलमा २५ गोल गरेका छन् । च्याम्पियन्स लिगमा बायर्न विरुद्धको दोस्रो लेग भने उनले खेल्न सक्ने सम्भावना छ । दोस्रो लेगको खेल मार्च ८ मा हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.