पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा ४९ जनाविरुद्ध मुद्दा दर्ता

२० माघ, काठमाण्डौ।

पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा संलग्न रहेको आरोपमा ४९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अनुसन्धान अधिकारीले पक्राउ परेका र आरोपीहरुसँग बयान लिएर ४५ दिन अनुसन्धान गरिसकेपछि मुद्दा दर्ता गरेका हुन् ।

अभियुक्त मध्ये १५ जना पक्राउ परेका छन् भने ३४ जना फरार छन् । मधेस प्रदेश सभा सदस्य प्रमोद कुमार जयसवाल, बागमती प्रदेशसभा सदस्य श्याम बहादुर खड्का, सखुवाप्रसौनी गाउँपालिकाको पूर्व अध्यक्ष प्रदीप कुमार जयसवाल लगायतको संलग्नता देखिएको छ । तर उनीहरुलाई पक्राउ गरिएको छैन ।

Advertisement

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ऐन अनुसार उनीहरुको संलग्नताको आधारमा माग दावी सहित अनुसन्धान अधिकारीले निकुञ्ज कार्यालयमा माघ १७ गते मुद्दा दायर गरेका छन् ।घटनाको अनुसन्धानको जिम्मेवारी पाएका अनुसन्धान अधिकारीले अनुसन्धान प्रक्रिया पुरा गरेर कार्यालयमा माग दावी सहित उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको सूचना अधिकारी सुर्य खड्काले जानकारी दिए ।

गत पुस ४ गते निकुञ्जको जमुनिया खोला क्षेत्रमा अवैध रुपमा निकुञ्ज प्रवेश गरी वन्यजन्तुको शिकार गर्दै गरेको अवस्थामा पाँच जना पक्राउ परेका थिए ।निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना सहितको टोलीले झापस दास थारू, नवराज बस्नेत, दामोदर अधिकारी, म्लाङदोङ तामाङ, विशाल सहनीलाई पक्राउ गरेको थियो ।पछि अनुसन्धानको क्रममा सुलन मिया अंसारी, भोला बहादुर पुन मगर समेतलाई पक्राउ गरी थुनामा राखेर सोधपुछ गरिएको थियो ।

Advertisement

घटना स्थलबाट बरामद भएका प्रमाण, उनीहरुले दिएको बयान, घटना विवरण कागज, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदन, विधि विज्ञान प्रयोगशाला, खुमलटार ललितपुरको रिपोर्टका आधारमा जिल्ला सरकारी वकिल कार्यालय विरगञ्ज, पर्साले ४९ जनालाई प्रतिवादी बनाउन माघ १६ गते राय दिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top