रविले दिएको अल्टिमेटम सकिने आज अन्तिम दिन

२० माघ ७९, शनिबार

२१ मघ, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई गृह मन्त्रालय दिने÷नदिनेबारे निर्णय गर्न प्रधानमन्त्रीलाई दिएको २ दिनको समय आज सकिँदै छ । यहीबीच सत्ता साझेदार दलका दुई शीर्ष नेताहरू विहानैदेखि छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबारे छलफल तिव्र पारेका छन् ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने रविको नागरिकता अवैध भएको भन्दै सर्वाेच्चले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्र गृह मन्त्रालयको टुङ्गो लगाउने बताउँदै आएका छन् ।

यता एमालेका अध्यक्ष ओलीले भने रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने जिकिर गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली रविलाई गृह मन्त्रालय दिन तयार छन् भने प्रधानमन्त्री दाहाल भने गृह मन्त्रालय सुम्पिन तयार भएका छैनन् ।

Advertisement

नागरिकता विवाद प्रकरणका कारण गृहमन्त्री पद छाड्न बाध्य लामिछानेले नागरिकता सक्रिय गराएपछि पुनः गृहमै फर्किने इच्छा गरेका छन् । तर उनीविरुद्ध नागरिकतासंगै राहदानी विवाद कायमै रहेकाले प्रचण्ड गृहबारे निर्णय गरिहाल्ने पक्षमा छैनन् ।

जसका कारण रविले पुनःजिम्मेवारी पाउने या नपाउने भन्ने विषयमा यतिबेला चर्काे बहस चलिरहेको छ । गृह मन्त्रालयबारे सत्ता साझेदार दलबीच खटपट भइरहेका बेला यता नेपाली कांग्रेसले भने विपक्षी दलबीचको संवाद सुरु गरेको छ ।

Advertisement

सिंहदरबारस्थित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताबीच छलफल सुरु भएको हो । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर र कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी छन् ।

बैठकमा राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष चयनबारे छलफल भइरहेको बताइएको छ । राष्ट्रपति चयनका लागि आगामी फागुन २५ गते निर्वाचन हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदै छ ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन भने यही माघ २३ गते हुँदै छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रियसभाको अध्यक्षमा भने नेकपा एमालेका सांसद देवराज घिमिरे चयन भइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top