सन्दीप र क्यानविरुद्ध लाग्यो बहिस्कारको नारा

२१ माघ, बाठमाण्डौ ।
नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा समावेश गरेको भन्दै यतिबेला चर्को आलोचना भइरहेको छ । बलात्कारजस्तो गम्भीर विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेलाई टोलीमा समावेश गरेको भन्दै नेपाल क्रिकेट संघ ( क्यान) को विराध भएको हो ।

शनिबार पनि क्यानको निर्णयको विरोधमा माइतीघरमा आयोजित प्रदर्शनमा कयौं युवाहरू सहभागी भएका छन् । उनीहरुले क्यान र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

Advertisement

सामाजिक संजालमा पनि क्यानको ब्यापक विरोध र आलोचना भइरहेको छ । यसैबीच बलात्कार मुद्दाका अभियुक्त सन्दीपलाई क्यानले निलम्बन फुकुवा गरी टिममा फर्काएकाप्रति नेपाली कांग्रेसका एकपछि अर्का नेताले आपत्ति जनाएका छन् । शनिबार कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।

Advertisement

नाम नतोकीकन खड्काले लेखेका छन्, ‘कोही नेता लोकप्रिय होलान्, कोही कलाकार लोकप्रिय होलान्, कोही खेलाडि लोकप्रिय होलान्, यो बेग्लै कुरा हो। तर बलात्कारको अभियोग वा कुनै पनि अभियोग लागेको व्यक्तिलाई कुनै पनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्तैन । सम्बन्धित संस्थाको तत्काल गम्भीर ध्यान जाओस्।’

यसअघि प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विरोध जनाएका थिए । शुक्रबार कांग्रेसका महामन्त्रीद्वय शर्मा र थापाले अलग अलग रूपमा सामाजिक सञ्जालमार्फत बलात्कार घटनाका अभियुक्त लामिछानेलाई मुद्दा किनारा नलाग्दै क्यानले पदमा फर्काउँदै बन्द प्रशिक्षणमा सहभागी गराएपछि विरोध जनाएका थिए ।

बलात्कार अभियोगमा ९९ दिन जेल बसेर धरौटीमा रिहा भएका क्यानले कप्तानमा फर्काउँदै बन्द प्रशिक्षणमा समेत सहभागी गराइसकेको छ । क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै आईसीसी लिग डिभिजन–२ अन्तर्गत नेपालमा हुने नामिबिया र स्कटल्यान्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो ।

क्रिकेटर लामिछाने शुक्रबारदेखि नियमित अभ्यासमा छन् । बलात्कारको आरोप लागेपछि सन्दीपलाई क्यानले निलम्बन गरेको थियो । गएको मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकबाट सन्दीपमाथिको निलम्बन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो । उच्च अदालत पाटनले सन्दीपलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उनलाई क्रिकेट खेल्न रोक लगाइएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top