धनुषामा विषयगत शिक्षक अभावमा पढाइ नभएको भन्दै विद्यार्थीहरु आन्दोलनमा

२२ माघ, काठमाण्डौ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नं १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ ६ महिनादेखि नभएको भन्दै विद्यार्थीहरु आइतबार आन्दोलनमा उत्रेका हुन् ।

उनीहरुले प्रदर्शन गर्दै वडा नं। १ कार्यालय घेराउको साथै तोडफोडसमेत गरेका छन् । वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीले कार्यालयमा वडाध्यक्ष अशोककुमार महतोलगायत जनप्रतिनिधि नदेखेपछि वडा कार्यालयमा तोडफोड गरेका हुन् ।कार्यालय अगाडि सडक अवरुद्ध गरि केहीबेर टायर बालेर प्रदर्शन समेत गर्दै उनीहरुले शिक्षकको माग गरेका छन् ।

Advertisement

लामो समयदेखि वडाध्यक्ष र प्रधानाध्यापकसँग अंग्रेजी, समाजिक र विज्ञान विषयको शिक्षका माग गर्दा समेत चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रेको विद्यार्थीहरुले बताएका छन् ।एसईई परीक्षा आउन डेढ महिनामात्र बाँकी रहँदासमेत पढाइ नभएको उनीहरुको गुनासो छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top