स्वतन्त्र पार्टीले सरकार छाडेपछि विप्लव किन वालुवाटार पसे ?

२२ माघ ७९, सोमबार

२३ माघ, काठमाण्डौ ।
सरकारमा रहेको तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको पछिल्लो अवस्थामा संघर्ष र अझै शासकीय संरचनाको परिवर्तनको एजेण्डासहित छुट्टै अभियानमा केन्द्रित रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् ।

पछिल्ला विभिन्न घटनाक्रमले ७ दलीय गठबन्धन भित्र पनि बढ्दो अविश्वास र विश्वासको मत दिएर पनि प्रतिपक्ष कुर्सीमा बसेको नेपाली कांग्रेसले स्वार्थसहितको सरकारलाई दिएको समर्थनका बीच विप्लव र प्रचण्डबीच कम्युनिस्ट र वामपन्थी–समाजवादी शक्तिहरुको साझा मोर्चा बनाउनेबारे छलफल भएको छ।

Advertisement

तत्कालीन माओवादी युद्ध देखि नेकपा माओवादी भित्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका सहयोद्धा रहेका विप्लव आइतबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका थिए। पार्टीका नेता खड्क बहादुर बिश्वकर्मा (प्रकाण्ड)सहित बालुवाटार पुगेका विप्लवले प्रचण्डसँग समसामयिक राजनीतिक र नेपाली कम्युनिस्ट आन्दोलनको विषयमा छलफल भएको जनाएका छन्।

प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार २ नेताबीच माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे गहन छलफल भएको थियो। तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे नेताहरुबीच समझदारी भएको तिमिल्सिनाले बताएका छन् ।

Advertisement

माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएका उनको भनाइ छ। भेटका क्रममा नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए।

सो क्रममा प्रधानमन्त्रीले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिएका छन्। मंसिर ४ को निर्वाचन परिणाम पछि कमजोर जनमत प्राप्त गरेका दलहरु एकता र मोर्चा बनाउनु पर्ने पक्षमा धेरैहदसम्म अघि बढिसकेका छन् ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बीच एकता गर्ने सहमति बनेको छ भने माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पनि एकताको प्रयास अघि बढिरहेको छ । अलग अलग दुई पार्टीबीच एकता गरी पछि त्यसलाई समाजवादी केन्द्र बनाउने विषयमा दलहरुले छलफल अघि बढाउँदै आएका छन् ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top