×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इरानमा एकैसाथ १० हजार कैदीहरू रिहा

२३ माघ २०७९

२३ माघ,एजेन्सी ।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले जेलमा रहेका १० हजारभन्दा बढी कैदीलाई रिहा गर्न आदेश दिएका छन् । आममाफी दिइएकाहरूमा हालैका सरकार विरोधी प्रदर्शनहरूमा संलग्न पुरुष र महिला कैदीहरू पनि समावेश छन् । इरानको आधिकारिक मिडियाको एक रिपोर्टमा यो माफी ‘सशर्त’ रहेको बताइएको छ ।

उनको यो निर्णय इस्लामिक क्रान्तिको ४४ औँ वर्षगाँठको केही दिनअघि लिइएको हो । करिब पाँच महिनाअघि २२ वर्षीय महसा अमिनीलाई प्रहरीले ‘हिजाब राम्ररी नलगाएको’ भन्दै कुटपिट गरी हत्या गरेको थियो । त्यसपछि इरानमा प्रदर्शनको शृङ्खला सुरु भयो । हिजाब नलगाउन महिलाहरूले आन्दोलन गरिरहेका छन् । उनीहरूको समर्थनमा पुरुष पनि छन् ।

Advertisement

Advertisement

यी मानिसहरू देशको मोरालिटी प्रहरीको कठोरता र मनोमानीपनको विरोध गरिरहेका छन् । त्यसयता आन्दोलन रोक्न प्रहरीले हजारौँलाई हिरासतमा लिएको छ । अधिकारीहरूले यी प्रदर्शनलाई विदेशी समर्थनले हुने ‘दङ्गा’ भनेका छन् । हालसम्म ५०० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको मानवअधिकार सङ्गठनहरूले बताएका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top