मेसीको चोटले पिएसजीलाई टेन्सन/च्याम्पियन्स लिग गुमाउने सम्भावना

२७ माघ,एजेन्सी ।
पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीले चोटका कारण च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्धको प्रि–क्वाटरफाइनलको पहिलो लेग गुमाउने सम्भावना रहेको छ । ह्यामस्ट्रिङ चोटका कारण यस हप्ताको खेल उनले गुमाउन सक्ने पीएसजीले जनाएको छ ।

पीएसजी र बायर्नबीचको च्याम्पियन्स लिगको पहिलो लेग पिएसजीको मैदानमा १४ फेब्रुअरीमा र दोस्रो लेग बायर्नको मैदानमा ८ मार्चमा हुँदैछ । कप डि फ्रान्सको प्रि–क्वाटरफाइनलमा मार्सेसँग २–१ ले पराजित भएको खेलमा मेसीले ह्यामस्ट्रिङको समस्या भोगेका हुन् ।

मार्काका अनुसार मेसीले यसै साता मोनाकोविरुद्ध हुने फ्रेन्च लिग वानको खेल पनि गुमाउने छन् । विश्वकप विजेता अर्जेन्टिनी कप्तान मेसी बायर्नसँगको च्याम्पियन्स लिगको दोश्रो भिडन्तका लागि भने टोलीमा फर्कने सम्भावना रहेको पिएसजीले बताएको छ ।

Advertisement

प्रशिक्षक क्रिस्टोफ गाल्टियरलाई मेसीले चोटले थप जटिलता थपेको छ । पिएसजीले यसअघि चोटकै कारण फ्रेन्च फरवार्ड केलियन एमबाप्पेलाई गुमाइसकेको छ । उनी तिघ्राको चोटका कारण एक महिना मैदान बाहिर छन् । उनी बायर्नसँगको दोस्रो लेगमा फर्कने अपेक्षा गरिएको छैन ।

जसका कारण पिएसजीले पहिलो नकआउट खेलमा दुई महत्वपूर्ण खेलाडीहरु बिना खेल्नु पर्ने हुन सक्छ । एमवाप्पे विनाको फ्रेन्च कपको अन्तिम १६मा पिएसजी मार्सेसँग पराजित भएको थियो । यो पराजयसँगै पिएसजी मेसी र नेयमारमा भन्दा पनि फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेमा निर्भर रहेको टिप्पणी हुन् थालेको छ ।

Advertisement

फ्रेन्च कपको अन्तिमा १६ मा पिएसजीले मार्सेको सामना गरेको थियो। सो खेलमा मेसी र नेयमार दुवै सँगै मैदानमा उत्रिएका थिए। तर दुवै खेलाडीले राम्रो छाप छाड्न भने सकेनन्। दुवै खेलाडी फ्लप हुँदा पिएसजी २–१ को गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top