सिरियामा ९० घण्टापछि नावजात शिशुको चमत्कारिक उद्धार

२७ माघ, एजेन्सी ।
टर्की र सिरियामा गएको भीषण भूकम्पपछि राहत उद्धार कार्य जारी छ । भग्नावशेष हटाउने क्रममा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यद्यपि इँटा र ढुङ्गा मुनिबाट जिवितै उद्धार गर्ने प्रयास अहिले पनि जारी रहेको उद्धारकर्तालाई उधृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

सिरियामा गएको भूकम्पको ९० घण्टापछि आमासँगै भग्नावशेषमा रहेको एक नवजात शिशुलाई सिरियाको भग्नावशेषबाट बाहिर निकालिएको छ । प्रकोपमा बालिकाको सम्पूर्ण परिवार, आमाबुवा र चार दाजुभाइलाई परेका छन् । अहिले उद्धार गरिएकी ती बालिकालाई धर्मपुत्री बनाउन संसारभरबाट हजारौं हात अगाडि आएका छन् ।

छोरीको नाम ‘आया’ राखिएको छ । अरबीमा यसको अर्थ ’चमत्कार’ हो। छोरीलाई भग्नावशेषबाट उद्धार गर्दा उनी आफ्नी मृत आमाकै साथमा रहेकी थिइन । टर्कीको सिमाना नजिक रहेको सिरियाली सहर जिन्दायरिस भूकम्पबाट पूर्णरुपमा ध्वस्त भएको छ । बालिका अहिले अस्पतालमा छिन् ।

Advertisement

उनको हेरचाह गर्ने बाल रोग विशेषज्ञ हानी मारुफले सोमबार अस्पताल आइपुग्दा उनी निकै खराब अवस्थामा रहेको बताउकी छिन् । उनको शरीरभर दाग लागेको थियो र कडा चिसोका कारण सास फेर्न समस्या भइरहेको थियो । हाल उनको अवस्था स्थिर रहेको छ ।

बालिकाको उद्धारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसमा एक व्यक्तिले धुलोले ढाकिएको नवजात शिशुलाई भग्नावशेषबाट बाहिर निकालेको देखिन्छ। बालिकालाई भग्नावशेषबाट निकाल्दा उनका आफन्त खलील अल सुवादी घटनास्थलमा उपस्थित थिए । यसपछि उनले बालिकालाई अस्पताल लगे ।

Advertisement

सामाजिक सञ्जालमा छोरीलाई धर्मपुत्री बनाउन हजारौं मानिस अगाडि आएका छन् । अस्पतालका प्रबन्धक खालिद अतियाहले अहिलेसम्म विश्वभरबाट दर्जनौं व्यक्तिबाट बालिकालाई धर्मपुत्रीका रुपमा लिनका लागि फोन आएको बताएका छन् । उनले भनेका छन् “उनको परिवार फर्केर नआएसम्म म अहिले कसैलाई पनि उनलाई ग्रहण गर्न अनुमति दिन सक्दिन, । म उसलाई आफ्नो बच्चा जस्तै हेरचाह गर्दैछु।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top