×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

४० हजार फिटबाट अमेरिकाले फेरि खसाल्यो एक अपरिचित वस्तु

२८ माघ २०७९

२८ माघ,एजेन्सी ।
अमेरिकासहित केही देशहरुका आकाशमा एक्कासी देखिएको चिनियाँ बेलुनको घटना सेलाउन नपाउँदै अलास्काको उत्तरी तटमाथि अर्को अपरिचित वस्तु देखिएको छ, जसलाई अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको छ । निकै उचाइमा देखा परेको एक अपरिचित वस्तुलाई उत्तर ध्रुवीय महासागरमाथि अमेरिकी लडाकु विमान एफ–२२ ले क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको जनाइएको छ ।

उक्त वस्तु कहाँबाट आएको थियो भन्ने थाहा हुन सकेको छैन । वासिङ्टनले ‘चिनियाँ जासुसी बलुन’ भन्दै त्यसलाई उसको सेनाले अमेरिकी जल क्षेत्रमा खसालेको झण्डै एक सातापछि यो घटना बाहिर आएको हो । अमेरिकी सेनालाई उदृत गर्दै बीबीसीले एउटा सानो आकारको कारजत्रो उक्त वस्तुका भग्नावशेष सङ्कलनको काम भइरहेको जनाएको छ ।

Advertisement
Advertisement

क्यानडाकी रक्षा मन्त्री अनिता आनन्दले आफ्नो देशले उक्त वस्तुको अवस्थिति थाहा पाउन एक विमान पठाएर सहयोग गरेको बताएकी छन् । उक्त वस्तुलाई खसाल्नका लागि शुक्रवार राष्ट्रपति जो बाइडनले आदेश दिएको ह्वाइटहाउसले जनाएको छ । ह्वाइटहासका प्रवक्ता जोन किर्बीले मानवरहित उक्त वस्तु “एउटा सानो कारजत्रो“ भएको र त्यो नागरिक उड्डयनमा “उचित खतरा“ उत्पन्न गर्ने देखिएको बताएका छन् ।

उक्त वस्तु कुन प्रयोजनसाथ थियो भन्ने समेत थाहा नभएको किर्बीले बताएका छन् । किर्बीका अनुसार उक्त वस्तु अलास्काको उत्तरी तटमाथि ४० हजार फिट (झण्डै १२,००० मिटर) को उचाइमा उडिरहेको थियो । त्यसअघि सो वस्तु अलास्कामाथि २० देखि ४० माइल प्रतिघण्टाको गतिमा उडिसकेको थियो र त्यसमा गोली प्रहार गरेर खसाल्दा त्यो साउथ क्यारोलाइनाको तटबाहिर थियो ।

Advertisement

त्यसको भग्नावशेष सङ्कलनका लागि बफर्ट सागरमा हेलिकप्टर र विमानहरू परिचालन गरिएका छन् । “यो कसको स्वामित्वमा छ, राज्य वा कम्पनीको वा कसैको निजी भन्ने हामीलाई थाहा छैन,“ किर्बीले भने । उक्त वस्तु सबैभन्दा पहिले बिहीवार राती देखिएको थियो । ह्वाइटहाउस प्रवक्ता किर्बीले दुई लडाकू विमानहरू उक्त वस्तु नजिकै पुगेर त्यसमा कोही मानिसहरू नभएको सुनिश्चित गरेको जनाएका छन् । जसलगत्तै बाइडनले त्यसलाई खसाल्ने आदेश दिएका थिए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top