Nepal Times
Nepal Times
63
Shares

विवेकशीलमा समीक्षा अध्यक्ष बन्दा रञ्जु महासचिव,अरु को–को चुनिए ?

विवेकशीलमा समीक्षा अध्यक्ष बन्दा रञ्जु महासचिव,अरु को–को चुनिए ?

२९ माघ, काठमाण्डौ ।
विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा पुन चयन भएकी छन् । शुक्रबार र शनिबार चलेको पहिलो महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । रविन्द्र मिश्रले पार्टी छोडेपछि बाँस्कोटा यसअघि पनि अध्यक्ष थिइन् ।

महाधिवेशनले उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डेलाई सर्वसम्मत रूपमा चयन गरेको छ । महासचिवमा रन्जु दर्शना चयन भएकी छन् । यसअघि पार्टी भित्र विवाद हुँदा साधारण सदस्य समेत नरहेगरी पार्टी परित्याग गरेकी दर्शना महाधिवेशन अघि पार्टीमा सक्रिय भएकी थिइन ।

पार्टी परित्याग गरी स्वतन्त्र रुपमा काठमाडौं ५ बाट उम्मेदवार बनेकी दर्शनाको जमानत नै जफत भएको थियो । यस्तै पाण्डे यसअघि कार्यकारी अधिकारसहित पार्टीको संयोजक रहेका थिए । उनी ततकालीन अध्यक्ष मिश्रसँगको विवादपछि पार्टीबाटै निकालिएका थिए भने आफूलाई आधिकारिकता दावी गर्दै उनी निर्वाचन आयोग र अदालतसम्म पुगेका थिए ।

तर दुवैबाट आधिकारिकता नपाएका पाण्डे पार्टीमा निष्क्रिय बन्दै गएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ९ उम्मेदवार बनेका थिए । उनको पनि जमानत जफत भएको थियो । यस्तै विवेकशीलको सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी चयन भएका छन् । कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ ।

पार्टीमा ५१ केन्द्रीय समिति सदस्य रहने उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए । ‘पदाधिकारी सर्वसम्मत भए पनि केन्द्रीय सदस्यका लागि चुनाव हुने देखिन्छ,’ उनले भने । सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा चयन हुने दुईरदुई जना, पाँच जना महिला र जनसङ्गठनबाट चयन हुने दुई जना गरी २१ जना चयन गरिनेछ ।

बाँकी २१ जनामध्ये आठ जना तत्कालका लागि खाली रहने छ । केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ । त्यसका लागि आजै निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए ।

गत शुक्रबारदेखि विवेकशील साझाको पहिलो महाधिवेशन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा भएको थियो । पहिले विवेकशील साझामै भए पनि विभिन्न कारणले पार्टी छाडेकाहरू पनि पुनः पार्टीमै फर्किएर महाधिवेशन गरेका हुन ्। विवेकशील साझालाई वैकल्पिक शक्ति बनाउन आफूहरूले जोड दिने उनीहरूको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.