कोशी एक्स्पो हेर्न ४ लाख भन्दा बढी पुगे/३० करोडको कारोबार

२९ माघ ,विराटनगर ।
माघ १९ देखि सुरु भएको पहिलो सीएनआई कोशी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पोमा करीव चार लाख अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् भने ३० करोडको कारोबार भएको (सीएनआई) प्रदेश १का अध्यक्ष भीम घिमिरेले बताए ।

कठिन अवस्थामा हरेक कुरालाई जुटाएर पहिलो पटक आयोजना गरिएको एक्स्पो सोचेभन्दा धेरै सफल भएको उनकोे दाबी गरेको छ । घिमिरेले उनले महिला उद्यमी, साना तथा लघु, घरेलु उद्यमीहरुको उत्साहपूर्ण सहभागीताका लागि स्थानीय तहहरुले गरेको सहयोग धेरै अर्थपूर्ण रहेको बताए ।

Advertisement

साना उद्यमीहरुले निशुल्क रुपमा स्टलहरु प्राप्त गरेर आफ्ना उत्पादन बजारमा पु¥याउन पाएको भन्दै एक्स्पो अविस्मरणीय रहेको बताए । सगरमाथादेखि केचनासम्मको झल्को आउने गरी प्रदेश १ लाई चिनाउन र विभिन्न जातजातीका खाना परिकारको प्रवद्र्धनमा एक्स्पो महत्वपूर्ण अवसर बनेको जानकारी दिए ।

Advertisement

उनले एक्स्पोलाई असफल पार्ने उद्धेश्यले विभिन्न पक्षहरु लागेर अदालतसम्म पु¥याएपनि त्यसले आयोजक टिमलाई अझ सक्रिय भएर काम गर्न सहयोग पुगेको टिप्पणी गरे । समापन समारोहका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक क्षेत्र नै आत्तिएको अवस्थामा अहिले मुलुकभर विभिन्न स्थानमा भइरहेका एक्स्पो तथा प्रदर्शनीहरुले थोरै भएपनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याएको बताए।

उनले सीएनआई कोसी एक्स्पोले विराटनगरको मात्रै नभई प्रदेश १ कै आर्थिक गतिविधि बढाउनुका साथै उद्योगी व्यवसायीहरुको मनोबल माथि उठाउन पनि सहयोग पु¥याएको दाबी गरे । समापन समारोहमा महिला, वालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवति चौधरीले विराटनगरदेखि धरानसम्मको आर्थिक क्षेत्रमा औधोगिक लगानी बढाउनका लागि आफुले पनि पहल गर्ने बताइन् ।

आफु पनि आर्थिक रुपमा अघि बढ्ने र राज्यलाई पनि कर तिरेर योगदान गर्ने उद्योगी व्यवसायीहरुको अप्ठेरोलाई हटाउन सरकारमा आफुले पनि लविङ गर्ने जानकारी दिइन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा हुने आगामी एक्स्पो अझ राम्रो र व्यवस्थित रुपमा आफ्नै प्रदर्शनी स्थलमा गर्नका लागि महानगरपालिकाले सकेको सहयोग पु¥याउने विश्वास दिलाए ।

एक्स्पोको उद्घाटनमा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने नेपाल मुण्डा समाज, थारु कला केन्द्र र नेपाल बाँतर सरदार समाजलाई सम्मान गरिएको थियो । एक्स्पोमा हिमाल पहाड तथा तराईका उत्पादन समावेश थियो भने भारतीय कम्पनीका पनि स्टल राखिएको थियो ।

हरेक दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिएको एक्स्पोमा मार्सी चामल, गुन्द्रुक, टिम्बुरको अचारदेखि हस्तकला, राठीपाख देखि सवारी साधनको पनि उल्लेखीय कारोबार भएको आयोजकले जनाएको छ ।

 

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top