पशुपति क्षेत्रमा शिवरात्रीको तयारी कस्तो हुँदैछ ?

१ फागुन ७९, मंगलबार

२ फागुन , काठमाण्डौ ।
यही फागुन ६ गते परेको महाशिवरात्री पर्वका लागि पशुपतिनाथ मन्दिर परिसरमा तयारी तिब्र पारिएको छ । मन्दिर परिसरमा रङ रोगनको काम धमाभम भइरहेको देख्न सकिन्छ । महाशिवरात्रीका लागि छिमेकी देशहरुबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ ।

यसरी आउने साधुहरुलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन छ । शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाट समेत ठूलो संख्यामा भक्तजनहरु आउने गर्दछन् । शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ ।

उक्त मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्थासमेत हुने गर्दछ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ ।

यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपति मन्दिरलाई यतिबेला बिजुलीका झिलीमिली बत्तीहरु, रङरोगन र फूलहरुले सजाउन थालिएको छ । शिवरात्रीको लागि पशुपतिका गेटहरु सजाउने कार्य जारी रहेको छ भने वरपरका क्षेत्रहरुमा सरसफाईको कार्य जारी रहेको देख्न सकिन्छ ।

महाशिवरात्रिका लागि पशुपति क्षेत्र सफा गर्न पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा आफैं लागि परेका छन्। संस्कृति पर्यटन एवं नागरिक उडड्यन मन्त्री सुदन किराँतीको विशेष पहलपछि कोषले शिवरात्रिलाई लक्षित गरी रंगरोगन, साजसज्जा र सफाईमा जोड दिएको छ।

पशुपति क्षेत्रमा भष्मेश्वर घाट, आर्यघाट, साधुसन्तका कुटी, विद्युतिय शवदाह गृह, सार्वजनिक शौचालय आदि चौबिसै घण्टा सञ्चालन हुने भएकाले पनि सरसफाईमा चुनौती रहँदै आएको छ । शिवरात्री नजिकिदै गर्दा भक्तजन र साधुसन्तको घुँईचो बढ्नाले थप चुनौति रहने देखिन्छ।

यस वर्षको महाशिवरात्री पर्वमा नेपाल, भारत, भुटान श्रीलंका लगायत अन्य राष्ट्रहरुबाट १० लाख सनातन धर्मावलम्बीहरु पशुपतिनाथको दर्शनार्थ आउने अनुमान गरिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top