एलपी ग्यास प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुरा

४ फागुन,काठमाण्डौ ।
बुधबार राती ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकी काँग्रेस नेता तथा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको आज विहान उपाचारको क्रममा निधन भएको छ । उनीसंगै घाइते भएका चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई पठाइएको छ ।

आजै दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

नेपालमा बेला बेला ग्यास लिक भएर आगलागी र विस्फोटका घटनाहरु भइरहेका छन् । यसमा धेरैले ज्यान गुमाएका छन् । त्यसैले ग्यास चुहावट र विस्फोटमा उपभोक्ता नै बढी सचेत हुनुपर्ने बताउँछन् नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्ली ।

Advertisement

तर नेपालमा बढी लापरबाही हुने गरेको उनको भनाइ छ । ग्यास प्रयोग सकिसकेपछि बन्द गर्दा अनिवार्यरुपमा रेगुलेटर बन्द गर्नुपर्छ । तर ९० प्रतिशत नेपालीले चुल्होको स्विच मात्रै बन्द गर्ने गरेको उनको भनाई छ । यस्तै यस्ता घटना ग्यास सिलिन्डरको लापरबाहीको कारण पनि हुने उनले बताए ।

तर विगत ७ वर्षदेखि ग्यास सिलिन्डरको गुणस्तरमा सुधार आएको उनको भनाइ छ । अहिले अधिकांश उद्योगहरुमा स्वचालित प्रणालीबाट ग्यास भरिन्छ भने सिलिन्डर सफा पनि स्वचालित प्रणालीबाटै हुन्छ । त्यसो हुँदा सिलिन्डरको गुणस्तर समस्या हटे पनि रेगुलेटरमा भने समस्या नरोकिएको उनी बताउँछन् ।

Advertisement

नेपाल–भारत खुल्ला सिमाना रहेकोले बजारमा गुणस्तरहीन रेगुलेटर भित्रिँदा पनि समस्या आएको बताउँछन् । यसले ग्यास लिक हुने समस्याहरु देखिँदै आएको उनको दाबी छ । यस्तै उपभोक्ताले ख्याल राख्नु पर्ने अर्को कुरा के हो भने हरेक सिलिण्डरमा अंग्रेजी महिना र वर्ष अनुसार सिलिण्डरको आयु समाप्त हुने मिति लेखिएको हुन्छ ।

सिलिडरको माथितर्फ रहेको समाउने भागमा सिलिण्डरको आयु लेखिएको हुन्छ । जस्तै ए (ब्) २५ लेखिएको सिलिण्डरको म्याद सन् २०२५ को जनवरी, फेब्रुअरी र मार्चसम्म मात्रै हुन्छ । सिलिण्डरमा लेखिएको ए बि सि डिले क्रमैसंग सुरुदेखिको तीन तीन महिनालाई जनाउँछ । जस्तै :
A– जनवरी, फेब्रुअरी, मार्च
B – अप्रिल, मे, जुन
C – जुलाई, अगट, सेप्टेम्बर
D – अक्टोबर, नोभेम्बर, डिसेम्बर
अंग्रेजी अक्षरसंगै लेखिएको अंकले सिलिण्डरको आयु समाप्त हुने वर्ष जनाउँछ । जस्तै ः सि २४ लेखिएको सिलिण्डरको सन् २०२४ को जुलाई, अगट, सेप्टेम्बर पछि आयु सकिन्छ । यस्तै ग्यास सकिएपछि घोप्टो पार्ने, ढल्काएर बाल्ने गर्दा पनि सिलिण्डर विस्फोट हुने खतरा हुन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top