विराटनगर ः बचतकर्ताको करिब चार करोड रुपैँया ठगी गरेको दाबी सहित मोरङ प्रहरीले प्राईम बचत तथा ऋण सहकारीका सञ्चालक विरुद्ध जिल्ला अदालत मोरङमा मुद्धा दायर गरेको छ ।
विराटनगर – ९ मा रहेर बचत तथा ऋण कारोबार गर्दै आएको सहकारीका ९ जना सञ्चालक विरुद्ध ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैँया बिगो दाबी सहित ठगी मुद्धा दायर गरेको हो । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।
सहकारीमा बचत गर्दै आएका २ सय ६८ जना बचत कर्ताले ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैँया बचत फिर्ता नदिएको उजुरी दिएपछि प्रहरीले सोही अनुसारको बिगो दाबी सहित मुद्धा दायर गरेको हो ।