नेपाल–स्कटल्यान्डको खेलमा सट्टेबाजी, ५जना पक्राउ

५ फागुन, एजेन्सी ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा सट्टेबाजी गरेको आशंकामा एक नेपाली पक्राउ परेका छन् । लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीच जारी खेलका क्रममा सट्टेबाजी गरेको आशंका लागेपछि एक जना नेपालीलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एसपी संजयसिंह थापाले जानकारी दिए ।

‘आजै जारी नेपाल र स्कटल्यान्डबीचको खेलका क्रममा सट्टेबाजी गरेको आरोपमा एकजनालाई पक्राउ गरेका छौं । थप अनुसन्धान जारी छ,’ उनले भने । यस्तै ‘अनलाइन बेटिङ’ गराएको आरोपमा काठमाडौँ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले अन्य ४ जना अभियुक्तहरुलाई कीर्तिपुर क्षेत्रबाट पक्राउ गरेको छ ।

स्कटल्याण्ड विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । स्कटल्याण्डविरुद्ध नेपालले अहिले २७५ रनको लक्ष्य पछ्याइरहेको छ । स्कटल्याण्डका लागि माइकल लिस्कले शतक प्रहार गरेका छन् । आजको खेलमा नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका छन् ।

पछिल्लो समय क्रिकेट खेलमा सट्टेबाजी र म्याच फिक्सिङका घटना बाहिरिएपछ प्रहरीले सुक्ष्मरुपमा निगरानी गरिरहेको छ । केही दिन अघि मात्र व्यूरोले नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ घटनाको अनुसन्धान सकाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालया बुझाएको छ ।

मंगलबार ब्युरोले राय सहितको प्रतिवेदन बुझाएको थियो । १२ जनालाई प्रतिवादी बनाएर कारबाहीको माग गर्दै प्रतिवेदन प्रहरीले बुझाएको छ । घटनामा मुख्य अभियुक्त नेपाल टी २० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालियालाई बनाइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top