NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

आगामी राष्ट्रपतिको नाम ओलीको गोजीमा

आइतवार फाल्गुन ७ , २०७९
Reading Time: 1 min read
A A
समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो : अध्यक्ष ओली

df]/ª,& sflQs-/f;;_M g]skf Pdfn]sf cWoIf Pj+ k"j{k|wfgdGqL s]kL zdf{ cf]nL k|]; rf}tf/L df]/ªåf/f dªunaf/ oxfF cfof]lht kqsf/ e]63f6df af]Ng' x'b} . tl:a/Mdgf]h bfxfn–/f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ फागुन, काडमाण्डौ ।
यही फागुन २५ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचनका लागि सत्तारुढ दल र विपक्षी दलहरु आआफ्नो रणनीतिमा जुटिरहेका छन् । सरकार संचालन गरिरहेको ७ दलभित्रबाट तय हुने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने अवस्था देखिएपनि गठबन्धन भित्रको बेमेलले आगामी राष्ट्रपति कुन दलबाट को बन्छ भन्ने विषय अनिर्णित देखिएको छ ।

सरकारलाई समर्थन गरेको तर विपक्षी दलका रुपमा आफूलाई उभ्याउदै आएको नेपाली कांग्रेसले माओवादीको समर्थनमा राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारले नै विजय हासिल गर्ने बताउँदै आएको छ । कांग्रेसको यही अपेक्षालाई बल पुग्ने गरी माओवादी र स्वयम सत्तारुढ दलबाट प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको अडान छाडेका छैनन् ।

तर एमालेले भने आफूले उठाउने उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने भन्दै एमाले उम्मेदवार नै राष्ट्रपति बन्ने बताउदै आएको छ । प्रमुख तीन शक्तिबीच आआफ्नै अडानका बीच पछिल्लो समय भने राष्ट्रपतिमा राष्ट्रिय सहमति भनिएपनि एमालेबाट उठाउने उम्मेदवारको ब्यक्तित्वका कारण सत्तारुढ दलभित्र सहमति जुट्न नसकेको विश्लेषण गरिएको छ ।

LS Auto

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने अडान लिएपछि एमाले–माओवादी केन्द्रसहितको सत्ता गठबन्धनमा सहमति जुट्न नसकेको बताइएको छ । नेताहरुका अनुशार सभामुख र राष्ट्रपति एमालेले पाउने समझदारी भएयता ओलीले पोखरेललाई पार्टीले राष्ट्रपति उम्मेदवार बनाउने र माओवादीले पनि समर्थन गर्नुपर्ने बताउँदै आएका छन्।

तर, प्रचण्ड पोखरेललाई राष्ट्रपति स्वीकार गर्न तयार देखिएका छैनन् । राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङको चर्चा हुँदै आएपनि ओलीले पोखरेललाई अघि सारेको बताइएको छ । ओली र प्रचण्डबीच आगामी राष्ट्रपतिका लागि नेम्वाङसहित अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका बारेमा छलफल भएको तर ओलीको प्राथमिकतामा ईश्वर पोखरेलनै रहेको उच्चस्रोतले बताएको छ ।

छलफलमा आएका बोहोरा, शाक्य र ज्ञवाली विगतमा माधव नेपाल निकटस्थ थिए। पटक–पटक भएका कुराकानीमा समेत राष्ट्रपति उम्मेदवारबारे सहमति जुट्न नसकेपछि प्रचण्डले ओलीलाई नै राष्ट्रपति बन्न प्रस्ताव गरेको विषय समेत बाहिर आएको छ । तर ओलीले राष्ट्रपतिका लागि आफ्नो चर्चामा आएको विषयको आज विराटनगरमा खण्डन गरेका छन् ।

राष्ट्रपतिमा ओलीलाई अघि सार्नेबारे मिडियामा आएका समाचारबारे ओलीलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफमा ओलीले भने, ‘यो एउटा रमाइलो प्रश्नमात्रै हो।’ ओलीले आज विराटनगरमा फेरि आफ्नो पार्टीले जसलाई उठायो उही राष्ट्रपति बन्ने दाबी दोहोर्याएका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले अहिलेको समीकरण जन्मिने बेलामा नै उक्त कुरा तय भएको पनि दाबी गरेका छन् । राष्ट्रपतिबारेको जिज्ञासालाई जवाफ दिँदै ओलीले भने, ‘राष्ट्रपति को हुन्छ भन्ने पहिला नै तय छ। अहिलेको समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखिएर आएको छ।’

उनले यसबारे पहिल्यै सहकार्य भइसकेको पनि बताए। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको नाम लिँदै सञ्चारकर्मीले ‘सहकार्य’ नभएको भन्दै प्रश्न गरेका थिए। सञ्चारकर्मीको प्रश्नमा प्रतिप्रश्न गर्दै ओलीले भने, ‘सबैसँग कहाँ सहकार्य हुन्छ त? माओवादी कार्यकर्तासँग कहाँ सहकार्य हुन्छ र?’ एमालेले राष्ट्रपतिको उम्मेदवार बनाउने र त्यसमा नै सहमति हुनुपर्ने ओलीले बताए।

‘हामी उम्मेदवार उठाउँछौं त्यसमा सबैको सहमति हुनुपर्छ। माओवादी केन्द्रले साथ नदिने भन्ने कुरै छैन,’ अध्यक्ष ओलीले भनेका छन् । अहिलेसम्म राष्ट्रपतिको बारेमा आफूले कुनैपनि नाम नलिएको भन्दै १३ गतेमात्रै नाम लिने उनले बताए। ‘हामीले जो उम्मेदवार बनाउँछौं त्यही राष्ट्रपति बन्छ। मैले अहिलेसम्म कसैको नाम लिएको छैन। मैले १३ गते नाम लिन्छु,’ ओलीले भनेका छन् ।

ओलीले एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरिरहदा आज मात्रै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् । सुर्खेतमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावका बेला भएको दलीय गठबन्धनका आधारमा कांग्रेसबाट राष्ट्रपति बन्ने दाबी गरेका हुन् ।

उनले भनेका छन् ‘सरकारको नेतृत्व गुमेकोमा अहिले कसैलाई दोष दिनु छैन, २५ गते राष्ट्रपतिका लागि निर्वाचनपछि कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईहरुले सुन्नुहुनेछ ।’

Tags: #ओलीको गोजीमा राष्ट्रपति#राष्ट्रपतिको निर्वाचन

लोकप्रीय

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

मङ्लबार भदौ ३१ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

मङ्लबार भदौ ३१ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

थप समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन
आर्थिक

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

मङ्लबार भदौ ३१ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते
अन्तर्राष्ट्रिय

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

मङ्लबार भदौ ३१ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.