आगामी राष्ट्रपतिको नाम ओलीको गोजीमा

६ फागुन ७९, आइतबार

७ फागुन, काडमाण्डौ ।
यही फागुन २५ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचनका लागि सत्तारुढ दल र विपक्षी दलहरु आआफ्नो रणनीतिमा जुटिरहेका छन् । सरकार संचालन गरिरहेको ७ दलभित्रबाट तय हुने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने अवस्था देखिएपनि गठबन्धन भित्रको बेमेलले आगामी राष्ट्रपति कुन दलबाट को बन्छ भन्ने विषय अनिर्णित देखिएको छ ।

सरकारलाई समर्थन गरेको तर विपक्षी दलका रुपमा आफूलाई उभ्याउदै आएको नेपाली कांग्रेसले माओवादीको समर्थनमा राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारले नै विजय हासिल गर्ने बताउँदै आएको छ । कांग्रेसको यही अपेक्षालाई बल पुग्ने गरी माओवादी र स्वयम सत्तारुढ दलबाट प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको अडान छाडेका छैनन् ।

तर एमालेले भने आफूले उठाउने उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने भन्दै एमाले उम्मेदवार नै राष्ट्रपति बन्ने बताउदै आएको छ । प्रमुख तीन शक्तिबीच आआफ्नै अडानका बीच पछिल्लो समय भने राष्ट्रपतिमा राष्ट्रिय सहमति भनिएपनि एमालेबाट उठाउने उम्मेदवारको ब्यक्तित्वका कारण सत्तारुढ दलभित्र सहमति जुट्न नसकेको विश्लेषण गरिएको छ ।

Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने अडान लिएपछि एमाले–माओवादी केन्द्रसहितको सत्ता गठबन्धनमा सहमति जुट्न नसकेको बताइएको छ । नेताहरुका अनुशार सभामुख र राष्ट्रपति एमालेले पाउने समझदारी भएयता ओलीले पोखरेललाई पार्टीले राष्ट्रपति उम्मेदवार बनाउने र माओवादीले पनि समर्थन गर्नुपर्ने बताउँदै आएका छन्।

तर, प्रचण्ड पोखरेललाई राष्ट्रपति स्वीकार गर्न तयार देखिएका छैनन् । राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङको चर्चा हुँदै आएपनि ओलीले पोखरेललाई अघि सारेको बताइएको छ । ओली र प्रचण्डबीच आगामी राष्ट्रपतिका लागि नेम्वाङसहित अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका बारेमा छलफल भएको तर ओलीको प्राथमिकतामा ईश्वर पोखरेलनै रहेको उच्चस्रोतले बताएको छ ।

Advertisement

छलफलमा आएका बोहोरा, शाक्य र ज्ञवाली विगतमा माधव नेपाल निकटस्थ थिए। पटक–पटक भएका कुराकानीमा समेत राष्ट्रपति उम्मेदवारबारे सहमति जुट्न नसकेपछि प्रचण्डले ओलीलाई नै राष्ट्रपति बन्न प्रस्ताव गरेको विषय समेत बाहिर आएको छ । तर ओलीले राष्ट्रपतिका लागि आफ्नो चर्चामा आएको विषयको आज विराटनगरमा खण्डन गरेका छन् ।

राष्ट्रपतिमा ओलीलाई अघि सार्नेबारे मिडियामा आएका समाचारबारे ओलीलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफमा ओलीले भने, ‘यो एउटा रमाइलो प्रश्नमात्रै हो।’ ओलीले आज विराटनगरमा फेरि आफ्नो पार्टीले जसलाई उठायो उही राष्ट्रपति बन्ने दाबी दोहोर्याएका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले अहिलेको समीकरण जन्मिने बेलामा नै उक्त कुरा तय भएको पनि दाबी गरेका छन् । राष्ट्रपतिबारेको जिज्ञासालाई जवाफ दिँदै ओलीले भने, ‘राष्ट्रपति को हुन्छ भन्ने पहिला नै तय छ। अहिलेको समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखिएर आएको छ।’

उनले यसबारे पहिल्यै सहकार्य भइसकेको पनि बताए। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको नाम लिँदै सञ्चारकर्मीले ‘सहकार्य’ नभएको भन्दै प्रश्न गरेका थिए। सञ्चारकर्मीको प्रश्नमा प्रतिप्रश्न गर्दै ओलीले भने, ‘सबैसँग कहाँ सहकार्य हुन्छ त? माओवादी कार्यकर्तासँग कहाँ सहकार्य हुन्छ र?’ एमालेले राष्ट्रपतिको उम्मेदवार बनाउने र त्यसमा नै सहमति हुनुपर्ने ओलीले बताए।

‘हामी उम्मेदवार उठाउँछौं त्यसमा सबैको सहमति हुनुपर्छ। माओवादी केन्द्रले साथ नदिने भन्ने कुरै छैन,’ अध्यक्ष ओलीले भनेका छन् । अहिलेसम्म राष्ट्रपतिको बारेमा आफूले कुनैपनि नाम नलिएको भन्दै १३ गतेमात्रै नाम लिने उनले बताए। ‘हामीले जो उम्मेदवार बनाउँछौं त्यही राष्ट्रपति बन्छ। मैले अहिलेसम्म कसैको नाम लिएको छैन। मैले १३ गते नाम लिन्छु,’ ओलीले भनेका छन् ।

ओलीले एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरिरहदा आज मात्रै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् । सुर्खेतमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावका बेला भएको दलीय गठबन्धनका आधारमा कांग्रेसबाट राष्ट्रपति बन्ने दाबी गरेका हुन् ।

उनले भनेका छन् ‘सरकारको नेतृत्व गुमेकोमा अहिले कसैलाई दोष दिनु छैन, २५ गते राष्ट्रपतिका लागि निर्वाचनपछि कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईहरुले सुन्नुहुनेछ ।’

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top