सन्दीपलाई यूएई जान बाधक बन्यो अदालतको शर्त

७ फागुन, काठमाण्डौ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने त्रिदेशीय शृंखलामा नेपाली राष्ट्रिय टोलीका दुई सदस्य सन्दीप लामिछाने र गुल्सन झा टिममा नपर्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का एक अधिकारीले बताए अनुसार सन्दीपलाई अदालतले विदेश जानबाट रोक लगाएको र गुल्सन यू–१९ टिमको बन्द प्रशिक्षणमा रहेका कारण उनीहरूले युएई भ्रमण गुमाउने भएका हुन् ।

यूएईमा लिग–२ अन्तर्गतको शृंखलामा नेपालसँगै घरेलु टिम युएई र पपुवा न्यु गिनी (पिएनजी) सँग खेल्ने तालिका छ । नेपालले फेब्रुअरी २७ मा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध शृंखलाको पहिलो खेल खेल्नेछ । हाल नेपाली टिमले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग लिग–२ अन्तर्गतकै शृङ्खला खेलिरहेको छ ।

शृंखलामा नेपालले तीन खेल खेल्दा शतप्रतिशत नतिजा निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले, दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध तीन विकेटले र तेस्रो खेलमा नामिबियाविरुद्ध पुनः तीन विकेटको जित निकालेको थियो ।

Advertisement

नेपालले यी तीनवटै खेलमा कीर्तिमानी लक्ष्य पूरा गरेको थियो । नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध २८६ को, दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध २७५ र तेस्रो खेलमा नामिबियाविरुद्ध २७५ रनकै पूरा गर्दै कीर्तिमान बनाएको थियो । यी तीन लक्ष्य एक दिवसीय क्रिकेटमा नेपालले पूरा गरेको क्रमशः पहिलो, दोस्रो र तेस्रो ठूलो योगफल हो ।

यस शृङ्खलाअघि एक दिवसीय क्रिकेटमा नेपालले २६० भन्दा माथिको लक्ष्य भेट्टाउन सकेको थिएन । यी तीनै खेलमा सन्दीपले समान ३, ३ विकेट लिदै ह्याट्रिक जितका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । नेपाल विश्वकप लिग–२ को अंक तालिकामा अहिले २७ खेलबाट २४ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।

अब बाँकी रहेका ९ खेलमध्ये ६ खेल जितेमा नेपाल शीर्ष ५ भित्र रहने पक्का हुनेछ । तर, यूएईले बाँकी १० खेलमा कम्तिमा ७ खेल हारेमा नेपालले ५ खेल जिते पनि शीर्ष ५ भित्र स्थान बनाउनेछ । प्रतियोगितामा अब नेपालले यूएई र पपुआ न्युगिनी–पीएनजीसँग ४–४ र स्कटल्यान्डसँग एक खेल खेल्न बाँकी छ ।

नेपालले यूएई र पपुआ न्युगिनीसँग दुईवटा त्रिकोणात्मक सिरिज घरेलु मैदान र यूएईमा खेल्नेछ । तीमध्ये चार खेल नेपालमा र चार यूएईमा हुनेछन् । उच्च लयमा रहेको नेपाली टीम घरेलु मैदानमा आत्मविश्वासपूर्वक खेल्नेछ ।

तर, यूएईमा हुने चार खेल नेपालका लागि चुनौतीपूर्ण हुनेछन् । सात वटा देश सहभागि लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिनेछ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top