रुसलाई हतियार नदिन चीनलाई अमेरिकाको चेतवानी

८ फागुन,एजेन्सी ।
अमेरिकी आकाश पुगेको चिनियाँ बेलुन अमेरिकाले खसालेपछि सम्बन्ध थप चिसिएका बेला दुई देशबीच उच्च तहमा भेटवार्ता भएको छ । शनिबार चिनियाँ शीर्ष कुटनीतिज्ञ वाङ यी र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता भएको छ । तर यो भेटमा पनि उनीहरुले एकअर्कालाई चेतावनीयुक्त आग्रह गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन विरुद्ध युद्धमा रहेको रुसलाई घातक हतियारको सहयोग नगर्न आग्रह गरेका छन् । चीनले रुसलाई थुप्रै घातक हतियार दिने योजना बनाएको दाबी गर्दै ब्लिङ्केनले त्यस्तो काम गरेको खण्डमा अमेरिका–चीनबीचको सम्बन्धमा समस्या आउने सन्देश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले रुसलाई उपलब्ध गराउन लागेका हतियारहरुको विस्तृत विवरण अमेरिकाले छिट्टै सार्वजनिक गर्ने पनि ब्लिङ्केनले दाबी गरे । चीनले भने पश्चिमा देशहरुलाई युद्ध अन्त्य गर्ने बाटो खोज्न आग्रह गर्ने जनाएको छ । ब्लिङ्कनले शनिवार म्युनिख सुरक्षा सम्मेलनमा चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीसँग भेट गरेपछि सीबीएस न्यूजसँग कुराकानी गर्दै चीनलाई पुनः चेतावनी दिएका थिए ।

Advertisement

ब्लिङ्कनले चिनियाँ कम्पनीहरूले पहिले नै रुसलाई गैरघातक सहयोग उपलब्ध गराउँदै आएको र नयाँ सूचनाले बेइजिङले मस्कोलाई घातक खालका सहयोग पनि प्रदान गर्न सक्ने सङ्केत दिएको बताए । यदि चीनले त्यसो गरे त्यसको परिणाम गम्भीर हुने चेतावनी उनले दिएका छन् ।

चीनले भने मस्कोले सैन्य उपकरण माग गरेको समाचारलाई अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयले रुससँगको सम्बन्धलाई लिएर अमेरिकाको औँला ठड्याउने र जबरजस्ती गर्ने कार्यलाई स्वीकार नगर्ने बताएको छ । तर अमेरिकाले भने रुसको अर्थतन्त्रलाई कमजोर बनाउनका लागि लगाइएका पश्चिमी प्रतिबन्धबाट बच्न पनि रुसलाई चीनले सहयोग गरेकोमा आपत्ति जनाएको छ ।

Advertisement

रुससँग चीनको व्यापार बढ्दै गएको छ र यो रुसी तेल, ग्यास र कोइलाको सबैभन्दा ठूलो बजार पनि हो । चीनले रुसले युक्रेनमा आक्रमण गरेको विषयमा निन्दा गरेको छैन । तर उसले यो द्वन्द्वमा तटस्थ रहन खोज्दै शान्तिका लागि आह्वान गरेको छ । यसअघि चिनियाँ बेलुन अमेरिकामा पुगेपछि विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीनको तय भईसकेको भ्रमण स्थगित गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top