ठगी गर्ने मालिक,सजाय पाउने कामदार

८ फागुन ७९, मंगलबार

९ फागुन, विराटनगर ।
सुनसरीको तरहरास्थित सिंहदेवी ज्वेलर्सका कामदार गोपाल भनिने लालबहादुर विश्वकर्मा झुम्का कारागारमा थुनिएको २ महिना कटिसकेको छ। उनलाई आफ्ना मालिकले गरेको ठगि धन्दामा फसाइएको भनेर चौतर्फी न्याय माग गरिएको छ ।

उनीमाथि सुनसरी जिल्ला अदालत निर्मला योङ्गयाको इजलासले अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको भन्दै ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो असुली र ठगी मुद्दामा ७० हजार जरिवाना तथा डेढ वर्ष कैदको सजाय तोकेको थियो ।

Advertisement

०७२ सालदेखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सले बचतकर्ताको ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै २०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित ९ जनाले उजुरी हालेका थिए । भोलिपल्ट अर्थात असार २१ गते जिल्ला अदालत सुनसरीमा ज्वेलर्सविरुद्ध २ सय ७५ जनाबाट १० हजारदेखि १० लाख रुपैयाँसम्म रकम लिएर ठगी गरेको मुद्दा परेको थियो ।

सो मुद्धामा ज्वेलर्समा कालिगडका रूपमा काम गरिरहेका लालबहादुर विकलाई पनि विपक्षी बनाइएको थियो । उक्त मुद्दामा नै २०७८ पुस १९ गते आएको फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम हुँदा लाल बहादुरलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र १८ महिना जेल सजाय सुनाइएको थियो ।

Advertisement

उक्त मुद्दामा ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेर छन् भने अन्य प्रतिवादीमा दीपकका दिदि सीता विश्वकर्मा, बुबा कृष्णबहादुर विश्वकर्मा, भाइ कमल विश्वकर्मा र उनका कामदार लालबहादुर विक छन् । त्यसो त ‘प्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा ज्वेलर्सका कामदार हुन् र उनीबाट आफुहरु नठगिएको’ भनी मुख्य जाहेरवाला सुकमित गुरुङ सहित ७२ जना जाहेरवालाहरुले समेत बकपत्र गरेका छन् ।

लाल बहादुरका मालिक दिपक गजमेरले ‘मेरा सम्पूर्ण संस्थाहरूबाट भए गरेका कारोबारमा प्रतिवादीहरू कृष्णबहादुर विश्वकर्मा, सीता विश्वकर्मा, कमल विश्वकर्मा र गोपाल भन्ने लालबहादुर विश्वकर्माको कुनै संलग्नता र सहमति समेत छैन । निजहरूलाई मैले अह्राएको समयमा मात्र पासबुकबाट पैसा लिनुदिनु गर्नुहुन्थ्यो । भनी अदालतमा बयान दिएका छन् ।

प्रतिवादी कृष्णबहादुर विश्वकर्मा गजमेरले अदालतमा सहप्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा हाम्रै सुन पसलका कालिगड हुन् । सिंहदेवी ज्वेलर्समा पैसा राख्ने तथा जाहेरवालाहरुले जिल्ला अदालत सुनसरीले गरेको फैसलामा लालबहादुरलाई सजाय भएको न्यायोचित नरहेको बताउदै आएका छन्।

लाल बहादुरलाई अन्याय भएको भन्दै उनलाई न्याय दिनुपर्ने मागसहित सामाजिक सन्जालमा जस्टिस फर लाल बहादुर अभियान ब्यापक चलेको थियो। उनको समर्थनमा इटहरी र काठमाडौंमा प्रदर्शन समेत भएको थियो।

इटहरीका मेयर हेमकर्ण पौडेल , मानव अधिकारकर्मी तथा विभिन्न अभियान्ता समेत लाल बहादुर बिकको घरमा गई पारिवारलाई भेटघाट गरेका थिए। सबैले लाल बहादुरको न्यायको लागि पहल गर्ने आश्वासन दिएका थिए ।
पेसी सरेको सरै गर्दा परिवार अत्तालिएका छन्
जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध लाल बहादुरले गत साउन २० गते उच्च अदालतमा निवेदन दिएका हुन् । उनको पहिलो पेसी पुस ३ गते राखिएको थियो । पुष २६ मा भएको पुनरावेदनको सुनुवाइमा लाल बहादुर विश्वकर्मासहितका प्रतिवादीलाई उच्च अदालत विराटनगरले ‘नियमअनुसार मुद्दा पेस गर्न’ आदेश दिएको थियो ।

उच्च अदालतको आदेशमा ‘सुनसरी जिल्ला अदालतबाट भएको फैसला कानुनको रोहबरमा फरक पर्न सक्ने देखिँदा विपक्षी नेपाल सरकार पक्षलाई जानकारी दिई नियमअनुसार पेस गर्न’ भनिएको थियो । माघ ३ गते र माघ २४ गते पनि गोलाप्रथा गर्दा लाल बहादुरको मुद्धामा सत्यमोहन जोशी थारू र न्यायाधीश मुरारीबाबु श्रेष्ठको बेञ्च नै परेको कारण हेर्न नमिल्ने भएको थियो। अर्को पेसी फागुन १६ गते मंगलबार तोकिएको छ ।

माघ २४ गते पनि पेसी सरेपछि लाल बहादुर बिकको मुद्धा झडिया झिकाउने आदेश भइ सकेको र पेशी तारेखमा झडककया झिकाउने बेञ्चमा परी पटक पटक मुद्धा हेर्न नमिल्ने भएको कारण आफु निर्दोष व्यक्ति कारागारमा बसी रहनुपरेको र परिवार समेत पिडामा रहेको हुदा लामो अवधि सम्म मुद्धा किनारा समेत नभएकोले अब उप्रान्त झगडिया झिकाउने बेञ्चबाट समेत मुद्धा हेरी मुद्धाको किनारा भएमा मन्जुरी हुने भने निवेदन दिएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top