अक्षय कुमारले सेल्फी खिचेर गिनिज वर्ल्ड रेकर्ड बनाए

११ फागुन, एजेन्सी ।
भारतीय चलचित्र उद्योग बलिउडका चर्चित अभिनेता अक्षय कुमारले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन् । उनले तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड राखेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नो आगामी फिल्म ’सेल्फी’ को प्रमोशनको क्रममा उक्त रेकर्ड राखेका हुन्।

बुधबार मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफ्ना फ्यानसँग १८४ वटा सेल्फी लिएका थिए। अक्षयले उक्त कार्यक्रमका भिडिओ इन्स्टाग्राममा पोस्ट गरेका छन्। ’मैले जीवनमा जे प्राप्त गरेँ र म अहिले जहाँ छु, त्यो मेरा फ्यानहरूको निस्वार्थ मायाको कारण हो।

यो मेरो लागि खास छ र यो कुरा स्वीकार गर्दै उहाँहरूले मलाई साथ दिइरहनु भएको छ। मेरा फ्यानहरूको सहयोगमा हामीले ३ मिनेटमा धेरै सेल्फी खिचेर गिनिज वर्ल्ड रेकर्ड राखेका छौं। यो धेरै विशेष थियो र म यो सधैं सम्झनेछु,’ उनले लेखेका छन्।

Advertisement

अक्षयको यो पोष्ट हेरेपछि फ्यानदेखि सेलिब्रेटीसम्मले उनलाई बधाई दिइरहेका छन् । यसअघि यो कीर्तिमान अमेरिकाका जेम्स स्मिथको नाममा थियो। उनले २०१८ जनवरीमा कार्निभल ड्रिम क्रुज जहाजमा ३ मिनेटमा १६८ सेल्फी खिचेका थिए। त्यसअघि यो रेकर्ड ड्वेन जोनसनले २०१५ मा बनाएका थिए ।

उनले तीन मिनेटमा १०५ सेल्फी खिचेका थिए । अहिले अक्षयले तीन मिनेटमा १८४ सेल्फी खिचेर उनको रेकर्ड तोडेका हुन्। अक्षयको फिल्म ’सेल्फी’ आगामी शुक्रबारदेखि प्रदर्शन हुँदैछ। राज मेहताले निर्देशन गरेको फिल्ममा उनीसँगै अभिनेता इमरान हाशमीको पनि मुख्य भूमिका छ।

Advertisement

अक्षयको यही कीर्तिमानले उनको चलचित्रको प्रचारलाई समेत धेरै मद्धत गरेको चलचित्र समीकक्षहरुले बताएका छन् । यो फिल्म मलयालम फिल्म ’ड्राइभिङ लाइसेन्स’ को हिन्दी रिमेक हो। यस फिल्ममा इमरान प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । जहाँ अक्षय सुपरस्टार विजयको भूमिकामा देखिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top