पूर्वराजा ज्ञानेन्द्रलाई ठीक ठाउँमा बस्न अमनलाल मोदीले दिए चेतावनी

११ फागुन ७९, शुक्रबार

१२ फागुन, काठमाण्डौ ।
गएको फागुन ७ को प्रजातन्त्रको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सहकार्यको प्रयासलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन्।

शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठीक ठाउँमा बस्न चेतावनी दिएका हुन्।

मन्त्री मोदीले १, २ हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले म नै राजा हुँ भन्ने सोचिरहेको भन्दै त्यस्तो नसोच्न चेतावनी दिए। देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै उनले देश पश्चगमनतर्फ नफर्कने बताए।

Advertisement

मानव जातिका लागि गणतन्त्र सबैभन्दा सुन्दर व्यवस्था भएको मन्त्री मोदीले दाबी गरे। मन्त्री मोदीले पूर्वराजा शाहलाई आफूहरुले सम्मानपूर्वक नै ठिक ठाउँमा बस्न आग्रह गरेको स्पष्ट पारे। उनले आफूहरुले देशलाई ठीक दिशा दिइरहेको भन्दै देशलाई खल्बल्याउनेहरुलाई खबरदारी गर्नुपर्ने बताए।

मन्त्री मोदीले भने– ‘अहिले के चर्चा छ भने यसो १, २ हजार मान्छे जम्मा हुँदैमा पूर्वराजा फेरि पनि म हुँ भन्ने किसिमको सोचिराखेको छ। यो देशमा गणतन्त्र आइसकेको छ। देशमा गणतन्त्र आइसकेपछि जनताको छोरा–छोरी राष्ट्रपति हुन पाउँछ। कयौँ कुराहरु सामान्यरुपमा त्रुटि हुन्छ सिक्दै जाने क्रममा। तर देशको लोकतन्त्रको सबभन्दा सुन्दर पक्ष हो गणतन्त्र। लोकतन्त्र आज समावेशी, धर्म निरपेक्षता, संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्र जो एउटा सुन्दर पक्ष आज आफ्नो अधिकारको कुरा हरेक मान्छेले राख्न पाउँछ। योभन्दा कुनै सुन्दर पक्ष मानव जातिको लागि हुनै सक्दैन। गणतन्त्र नेपालको लागि सबभन्दा सुन्दर पक्ष हो र संसारका लागि पक्ष हो। तसर्थ पश्चगमनमा कोही जान सक्दैन र पश्चगमनतिर जाँदैन। राज्य पश्चगमनतिर जानै सक्दैन। र जहिले पनि अग्रगमनतिर जान्छ। र हामी अग्रगमनतिर नै अगाडि बढ्नुपर्छ। कहिलेकाहीँ क्रान्तिमाथि प्रतिक्रान्ति हुनसक्छ। तर यो प्रतिक्रान्ति पनि होइन। पूर्वराजा ठिक ठाउँमा बस्नुपर्छ। हामीले उहाँलाई सम्मान दिएर नै भन्ने गरेका छौँ, यदि आफ्नो ठिक ठाउँमा भएन भने गणतन्त्रका लागि हजारौँ हजार जनताले बलिदान दिनुभयो। लाखौँ लाख जनताहरु सडकमा आउनुभयो। त्यो स्थिति अब फेरि पनि नहोस्। हाम्रो तर्फबाट यो देश सुशासनमा, ठिक तरिकाले हिँडिराखेको बेलामा, यो देशलाई हामीले ठिक तरिकाले दिशा दिइरहेको बेलामा कसैले यसलाई खल्बल्याउँछ भने हामी हाम्रो तर्फबाट खबरदारी गर्नुपर्छ।’

Advertisement

यसअघि ज्ञानेन्द्रले दलहरुलाई सहकार्यको प्रस्ताव गरेपछि राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले ज्ञानेन्द्रलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top