सन्दीपका लागि युएई जाने बाटो खुलेन, आइतबार सुनुवाइ

१२ फागुन, काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने माग राख्दै दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतका न्याायधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै आइतबार पुनः सुनुवाइ हुने गरि आदेश दिएको छ।

आइतबार दुवै पक्षका तथा अन्य मुद्दाहरु समेत सँगै राखेर हेर्नेगरि सुनुवाइ हुने भएको सन्दीपका वकिल सरोज घिमिरेले बताएका छन् । संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईमा हुने क्रिकेट प्रतियोगितामा खेल्नका लागि जान पाउनुपर्ने मागसहित बिहीबार लामिछानेका तर्फबाट अधिवक्ता घिमिरेले निवेदन दिएका थिए। नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यूएई भ्रमणमा जाने अनुमति दिन अदालतसमक्ष अनुरोध गरेका् थियो ।

क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई सुरक्षित रुपमा यूएइ लैजाने र फिर्ता ल्याउने जिम्मा आफूहरुले लिने बताएका थिए । उनले यो क्रिकेट श्रृंखला नेपालका लागि एकदमै महत्वपूर्ण भएकाले सन्दीपको उपस्थिति जरुरी रहेकोमा जोड दिए । न्यायाधीश खतिवडाले सन्दीपको क्रिकेट करिअर जिवित रहोस भन्ने आफ्नो व्यक्तिगत चाहना रहेको बताएका छन् ।

Advertisement

‘म उनको करिअर जिवित रहोस, अझ माथि पुगोस भन्ने चाहन्छु । तर, हामीले प्रक्रिया अनुसार चल्नुपर्छ । सर्वोच्च अदालतभन्दा माथि अर्को निकाय पनि नभएकाले हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ । विगतमा यस्तो अभ्यास छैन ।’ उनले भनेका छन् । न्यायाधीश खतिवडाले फैसलाको कैफियत प्रतिवेदनबिना कसरी अन्तरकालिन आदेश दिने भन्ने प्रश्न गरेका थिए ।

उनले नेपालको यूएइ भ्रमण कहिलेदेखि कहिलेसम्मको हो भनेर पनि सोधेका थिए । यता सरकारी वकिल पक्षले पाटन उच्च अदालतको धरौटीमा छाड्ने आदेशविरुद्ध दर्ता गरेको पुनरावेदनको आजको सुनुवाइ भने हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिकुमार फुयाँलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी चढेको थियो ।

Advertisement

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म युएई र पपुवान्युगिनीसँग शृङ्खला खेल्दैछ। नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले हालै जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए। अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top