×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

राष्ट्रपतिमा पौडेल र नेम्वाङको भिडन्त/राप्रपा सरकारबाट बाहिरियो, के गर्छ एमाले ?

१३ फाल्गुन २०७९

१३ फागुन, काठमाण्डौ ।
नेपाली कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज विहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकअघि सभापति शेरबहादुर देउवाले आफ्नो च्याम्बरमा राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम प्रस्ताव गरेका थिए ।

सो प्रस्ताव अनुमोदन कार्यसम्पादन समितिको बैठकबाट भएको हो । यसअघि शुक्रबार बसेको सत्तारुढ नेकपा माओवादी केन्द्रसहित आठ दलको बैठकले कांग्रेसका उम्मेदवारलाई नै राष्ट्रपतिमा जिताउने निर्णय गरेको थियो । पौडेलले दिउँसो नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् ।

Advertisement
Advertisement

पार्टीले राष्ट्रपतिको उमेद्वारमा आफ्नो नाम सिफारिस गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षकको भूमिकाका लागि आफू तयार रहेको बताएका छन् । पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

‘नेपालको संविधानको भावना र मर्मअनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने बेला छ । यस्तोमा म राष्ट्रपतिको संविधानको रक्षकको हैसियतका लागि तयार छु,’ पौडेलले भने, ‘मलाई नेपाली कांग्रेसबाट उम्मेदवारीको चरणमा यो प्रेरणा मिलेको छ । मलाई संसद्मा रहेका सबै दलहरूको सद्भाव र समर्थन पनि छ ।’

उनले संविधानको रक्षाका लागि सबैलाई आह्वान गरे । ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले जनतामा जुन अभूतपूर्व अधिकार प्रदान गरेको छ, त्यसको रक्षा गर्ने चुनौती छ । नेपालको संविधान, राष्ट्रियताको संरक्षण र जनताको जनजीवनको रेखदेख गर्ने जुन जिम्मेवारीका लागि म तयार भएको छु, त्यसका लागि म सचेत छु, तयार छु,’ उनले भने, ‘यो संविधान भनेको ठूलो संघर्षको उपलब्धि हो । म सबैलाई आह्वान गर्न चाहान्छु, कि हामी सबै मिलेर यो संविधानको रक्षा गरौँ ।’

आठ दलको सहमति अनुसार राष्ट्रपति काँग्रेसको भागमा र उपराष्ट्रपति जनता समाजवादी पार्टीको भागमा परेको छ । यसबीच जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनलाई लिएर समीकरणमा आएको परिवर्तनले सरकारको समीकरणमा समेत असर गर्ने बताएका छन् ।

शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले अब आफ्नो पार्टी पनि सरकारमा सहभागी हुन तयार रहेको र नयाँ समीकरणअनुसार सरकार अगाडि बढ्ने स्पष्ट गरे । अध्यक्ष यादवले अब हुने सत्ता समीकरणले प्रदेशले थप अधिकार पाउने जिकिर गरे ।

Advertisement

यो सँगै वर्तमान सत्ता गठबन्धन भने टुट्ने अवस्थामा पुगेको छ । राप्रपाले सत्ताबाट बाहिरिने निर्णय गरिसकेको छ भने एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उमेद्वार बनाउने निर्णय गरेको छ । आज विहान बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उमेद्वार बनाउँने निर्णय गरेको हो ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top