प्रचण्डलाई दिल्लीले नपत्याएपछि दोहाले बोलायो

१४ फागुन, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अति कम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । यो उनको तेस्रो कार्यकालको पहिलो विदेश भ्रमण हो । तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डले आफ्नो विदेश भ्रमण भारतबाट सुरु हुने बताएका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने बताएका थिए । यस्तै पछिल्लो पटक काठमाडौं आउँदा भारतीय विदेश सचिव विनय मोहन क्वात्राले पनि प्रचण्डलाई समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको औपचारिक निम्ता दिने चर्चा भएको थियो ।

तर क्वात्रा निमन्त्रणा पत्र नदिनकनै फर्किएपछि उनको दिल्ली यात्रा अनिश्चय बनेको थियो । यद्यपी प्रधानमन्त्री प्रचण्डसंगको भेटमा उनले भारत भ्रमणको समय अनुकुलताका बारेमा चासो राखेको बताइएको छ । नेपालमा राष्ट्रपति चुनाव नजिकिएकाले यसपछि मात्रै भ्रमण गर्दा उपयुक्त हुने आशय क्वात्राले जनाएका थिए ।

Advertisement

अर्थात राष्ट्रपतिमा भारतको चाहाना पुरा गरेमात्रै प्रचण्डलाई स्वागत गर्ने संदेश भारतीय विदेश सचिवले दिएको पनि विश्लेषण गरिएको छ । यसो हुँदा प्रचण्ड स्वयंले चाहेको पहिला भारतबाटै विदेश भ्रमण सुरु गर्ने योजना पूरा नभएसंगै यसपटक कतारबाट उनले विदेश भ्रमण सुरु गर्ने भएका हुन् ।

आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्ने जानकारी दिएकी हुन् ।

Advertisement

त्यसक्रममा प्रधानमन्त्री दाहालले सो सम्मेलनलाई सम्बोधन गर्नेछन् । त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्री दाहालले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्कने छन् । प्रधानमन्त्री दाहालसँग परराष्ट्र मन्त्रालयका अधिकारी सो सम्मेलनमा सहभागी हुनेछन् । यस्तै परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन आजै जेनेभा प्रस्थान गर्दैछिन् ।

परराष्ट्र मन्त्रालयले आईतवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौड्याल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी गराएको हो । बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाल सो परिषद्को सदस्य राष्ट्र हो । मन्त्री पौड्याल पनि सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top