४ महिनापछि पानी पर्दा काठमाडौं आएका २ विमान डाइभर्ट

१४ फागुन, एजेन्सी ।
काठमाडौंमा चार महिनापछि वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले प्रदेश नम्बर १, मधेस र वाग्मती प्रदेशको दक्षिणी भूभागमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज दिल्ली फर्काइएको छ ।

कतार एयरवेज, नेपाल एयरवेजसहित अन्य धेरै जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार चट्याङ, हावाको अनियमित गति र वर्षातका कारण जहाजहरु अहिले अवतरण गर्न नसकेका हुन् । अहिले आन्तरिक उडानका जहाजहरु समेत अवतरण गर्न सकेका छैनन् ।

आज यस पटकको पहिलो हिउँदे वर्षा भएको छ । मौसम विभागका अनुसार अक्टोबर १४ पछि आज वर्षा भएको हो । मौसमविद् सञ्जीव अधिकारीले पश्चिमी वायुको प्रभाव रहेकाले अझै केही समय वर्षा हुने जानकारी दिएका छन् । “विन्टर सिजन नै भएकाले लामो समयसम्म वर्षा हुँदैन । १–२ घण्टापछिदेखि पानी रोकिँदै जाने सम्भावना छ ।

Advertisement

उनले भनेका छन्, प्रिमसुन सिजनमा प्रवेश गर्न लागेकाले त्यसको प्रभाव पनि मौसममा देखिएको छ,” । तत्काल विभिन्न भूभागमा चट्याङ पर्ने, मेघ गर्जने भएपछि रातिदेखि मौसम सफा हुँदै जाने अधिकारीले बताएका छन् । आज गण्डककी प्रदेश, वाग्मतीका थोरै स्थान र प्रदेश नम्बर १ को एक÷दुई स्थानमा वर्षाको अनुमान छ ।

‘यी स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ,’ अधिकारीले कान्तिपुरसित भने, ‘वर्षासँगै मेघ गर्जन र चट्याङ पनि परिरहेको छ । ’ विभागले बिहानको मौसम बुलेटिनमा पनि वर्षा हुने अनुमान गर्दै दिउँसो यी प्रदेशमा बद्ली हुने प्रक्षेपण गरेको थियो ।

Advertisement

आइतबार दिउँसो काठमाडौं उपत्यकाको उत्तरपूर्वी स्थानमा वर्षा भइरहेको छ । केही समय वर्षा जारी रहने र राति वर्षा नहुने प्रक्षेपण विभागले जनाएको छ । हिउँद सकिन लाग्दा मुलुकका विभिन्न स्थानमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top