दुर्लभ खेलाडीको सूचीमा मेसीको ७ सय गोल, एमबाप्पेको कीर्तिमान

१५ फागुन ,एजेन्सी ।
आइतबार राति फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले महत्वपूर्ण जित निकाल्दा स्टार स्ट्राइकर लियोनल मेसी र किलियन एमबाप्पे चम्किएका छन् । लिग वानमा पिएसजीले उपाधि होडमा रहेको मार्सेलाई उसकै घरेलु मैदानमा पराजित गरेको हो।

मार्सेको घरेलु मैदानमा भएको खेलमा पिएसजीले बलमा कम नियन्त्रण राखेपनि खुलेर आक्रमण गर्यो। बलमा पिएसजीको मात्रै ४६ प्रतिशत नियन्त्रण थियो। जबकी मार्सेले बलमा ५४ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर पिएसजीको तर्फबाट कुल १२ प्रहार भएका थिए।

त्यसमध्ये ७ प्रहार टार्गेटमा थिए। उता घरेलु टोलीले भने कुल १९ प्रहार गरेको थियो। त्यसमध्ये ६ प्रहार टार्गेटमा थिए। तर मार्सेको तर्फबाट भएका कुनै पनि प्रहार गोलमा परिणत हुन सकेनन्।मार्से विरुद्धको खेलमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले उच्च प्रदर्शन गरे।

Advertisement

खेलभर भएका सबै गोलमा मेस्सीको भूमिका थियो। मार्सेलाई ३–० ले पराजित गर्दा फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले दुई गोल गर्दा मेसीले एक गोल गरेका थिए। एम्बाप्पेले गरेका दुवै गोलका लागि पास मेसीले नै दिएका थिए। मेसीले मार्से विरुद्धको खेलको २९औं मिनेटमा गोल गरेका थिए।

सो गोलसँगै मेस्ीले महत्वपूर्ण कोशेढुङ्गा पार गरेका छन्। मार्से विरुद्धको गोल मेसीको करियरको ७ सयौं गोल थियो। यससँगै मेसी क्लब फुटबल करियरमा ७ सय गोल गर्ने दुर्लभ खेलाडीहरुको सूचीमा समावेश भएका छन्। क्लब स्तरीय फुटबल करियरमा ७ सय भन्दा बढी गोल गर्ने खेलाडीको दुर्लभ सूचीमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पनि रहेका छन्।

Advertisement

रोनाल्डोले पोर्चुगिज सुपरस्टारले यस वर्षको सुरुमा एभर्टन विरुद्ध गोल गर्दै यो कोशेढुङ्गा पार गरेका थिए। म्यानचेस्टर युनाइटेडमा हुँदा रोनाल्डोको क्लब गोल संख्या ७ सय १ पुगेको थियो। अल नासर गएपछि रोनाल्डोले आठ गोल गरिसकेका छन्। जससँगै रोनाल्डोको क्लब करियर गोल ७ सय ९ पुगेको छ।

क्लब गोलको मामलामा मेसी रोनाल्डो भन्दा ९ गोलले पछि रहेका छन्। यस्तै एमबाप्पेले पिएसजीका लागि २०० गोल पूरा गरेका छन् । उनले पिएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबर गरेका छन् । एमबाप्पेले एडिन्सन काभानीको कीर्तिमान बराबर गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top