माधव प्रधानमन्त्री बन्ने कुरा बाबुरामलाई मन परेन

१५ फागुन, काठमाण्डौ ।
७ दलीय गठबन्धनमा नरहेपनि त्यसलाई भत्काउदै नयाँ बनेको ८ दलीय समीकरणप्रति नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि ब्यक्त गरेका छन् । आठदलीय गठबन्धन र भागबन्डाका लागि गरिएको सहमतिप्रति उनले टिप्पणी गरेका छन् ।

भट्टराईले ट्वीटमार्फत आठ दलले आलोपालोमा माधव नेपाललाई प्रधानमन्त्री छुट्याएकोतर्फ पनि व्यंग्य गरेका छन् । ‘दलीय भागबन्डा गर्दा १० सीटवाला पार्टीलाई ६६ दिन पर्दोरहेछ ! त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ?’, बाबुरामले लेखेका छन् । उनले प्रतिनिधिसभाका सबै सदस्यलाई ५ वर्षको कार्यकालमा पालैपालो प्रधानमन्त्री बनाउँदाको हिसाबसमेत पेस गरेका छन् ।

बाबुरामले लेखेका छन्, ‘२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाँच वर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रम बनाउदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ ! दलीय भागबण्डा गर्दा १० सीटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ ! त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थिरता हैन ?’ यसअघि गएराति भट्टराईले जनसरोकारका मुद्दा ओझेलमा पर्दै गएको भन्दै अहिलेको आठदलीय गठबन्धनप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालबाट अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

Advertisement

भागबन्डाकै लागिमात्र गठबन्धन र सरकार परिवर्तन भएको उनको टिप्पणी छ । चुनावको तीन महिनामै दुईवटा गठबन्धन र सरकार परिवर्तन भएकोतर्फ ईंगित गर्दै भट्टराईले विचार, नीति, कार्यक्रमको कुनै तादम्यता नमिलेको समेत बताएका छन् ।

‘आमनिर्वाचनको तीन महिनाभित्र दुई गठबन्धन र सरकार परिवर्तन ! गठबन्धनमा विचार, नीति, कार्यक्रमको कुनै तादात्म्य नास्ति !दल र नेताहरूको निम्ति राजकीय पदको भागबन्डा मुख्य मुद्दा ! संसदको एउटा कार्यकालका लागि तीन प्रमको अग्रिम बाँडफाँट ! जनसरोकारका मुद्दा नास्ति ! यही हो लोकतन्त्र ? हामी कता जादैछौं ?’ यसअघि मंसिर ४ को निर्वाचनमा पनि पूर्वप्रधानमन्त्रीहरु अझै प्रधानमन्त्री बन्ने रहरले चुनावमा होमिएको बताउँदै उनले आफूलाई चुनावी प्रतिस्पर्धाबाट अलग गरेका थिए ।

Advertisement

आफूले उम्मेदवारी दिदै आएको गोरखामा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गरेका थिए । नेपाल समाजवादीले माओवादीसँग कार्यगत एकता गरिरहेको छ । मंसिरको चुनावमा पनि माओवादीकै चुनाव चिन्हबाट समाजवादीका केही नेता उम्मेदवार बनेका थिए । जसमा महेन्द्र राय यादव विजयी भएका छन् । तर पछिल्लो समय बाबुरामको नामपनि राष्ट्रपतिका लागि चर्चामा आएपनि माओवादीबाट आवश्यक सहयोग नभएको समाजवादीका नेताहरुले बताउदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top