×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

पश्चिमाले छाडेपछि रुसी बजारमा चीनको राज

१५ फाल्गुन २०७९

१५ फागुन, एजेन्सी ।
युक्रेनमा आक्रमण थालेयता रुस पश्चिमाहरुको चौतर्फी प्रतिबन्धमा पर्यो । कयौं विदेशी विश्वव्यापी ब्राण्ड, बैंक तथा लगानीकर्ताहरु रुसी बजारबाट बाहिरिए भने रुसबाट निर्यात हुने बस्तुहरुमा प्रतिबन्ध लगाइए । रुसी राजनीतिज्ञ तथा ब्यापारीहरुसमेत प्रतिबन्धनमा परे ।

चौतर्फी प्रतिबन्धमा परेपछि रुसी अर्थतन्त्रमा निकै संकुचन आउने ठानिएको थियो । तर यो अनुमान सहि सावित हुन सकेन । योबीचमा पश्चिमाहरुले रुसी उत्पादनलाई अस्वीकार गर्दा यता भारत, चीन न केबल रुसका लागि ठूला बजार बन्न पुगे, रुसी बजारमा पनि यी मुलुकहरुको दबदबा कायम हुन थालेको छ । यो रेशमा चीन अगाडि देखियो ।

Advertisement
Advertisement

पश्चिमाहरुले प्रतिबन्ध लगाइरहँदा यसले रुसीहरूलाई स्मार्टफोनदेखि कारसम्म सबै कुराको विकल्प खोज्न बाध्य पार्यो । जसको फाइदा चीनले उठायो । हाल रुसमा पश्चिमा देशहरुको भन्दा चिनियाँ उत्पादनहरुको बिक्री बढेको छ । चिनियाँ स्मार्टफोनको विशाल कम्पनी शाओमी र अटोमेकर जिलीले हालैका महिनाहरूमा रुसमा बिक्री बढेको बताएका छन् ।

काउन्टरपोइन्ट रिसर्चका अनुसार आईफोन र सामसङका ग्यालेक्सी सिरिज रुपमा कुनै समय बेस्टसेलर थिए । शाओमी र अर्को चिनियाँ बिक्रेता रियलमीका मोडेलहरूअब बिक्री चार्टको शीर्ष स्थानमा रहेका छन् । सन् २०२१ को डिसेम्बरमा स्मार्टफोन बजारको झण्डै ४० प्रतिशत हिस्सा ओगटेका चिनियाँ उत्पादकहरू युद्धअघि नै रुसमा लोकप्रिय रहेको काउन्टरपोइन्ट डाटाले देखाएको छ ।

एक वर्षपछि उनीहरूले लगभग पूरै बजारको ९५ प्रतिशत हिस्सा ओगटेका छन् । रुसमा सामसङ र एप्पल ब्राण्डहरुको संयुक्त बजार हिस्सा ५३ प्रतिशतबाट ३ प्रतिशतमा झरेको छ । एस एण्ड पी ग्लोबल मोबिलिटीको तथ्यांक अनुसार गत वर्ष चिनियाँ कार निर्माताहरू चेरी र ग्रेटवाल मोटर शीर्ष १० प्यासेन्जर सवारी अन्तर्गत परेका छन् ।

यसबाट जर्मनीको बीएमडब्ल्यु र मर्सिडीज ब्रान्ड भने गायब भएका छन् । डेटा प्रदायक अटोस्ट्याटका अनुसार रुसीहरूले गत वर्ष उच्च संख्यामा चिनियाँ कारहरू किनेका थिए । चीनको नयाँ कारको बिक्री सन् २०२२ मा ७ प्रतिशतले बढेर १ लाख २१ हजार ८०० सवारी साधनमा पुगेको छ ।

रुसको स्वदेशी ब्रान्ड लाडा पहिले नै युद्ध अघि रूसको सबैभन्दा लोकप्रिय कार निर्माता थियो । हुन्डाई र किया रुसबाट बाहिर निस्किनुले रुसको बजारमा ठूलो खाडल निर्माण भएको थियो जसलाई पूर्ति गर्न चिनियाँ ब्राण्डहरु सफल भएका छन् । चिनियाँ कम्पनी शाओमी, रियलमी र अनर जस्ता बजेट ब्रान्डले यो समयमा अवसर लिएको काउन्टरपोइन्ट रिसर्चका सहायक निर्देशक जान स्ट्राइजकले बताए ।

तिनीहरूले अघिल्लो त्रैमासिकको तुलनामा २०२२ को तेस्रो त्रैमासिकमा क्रमशः ३९ प्रतिशत, १९० प्रतिशत र २४ प्रतिशतले रूसमा ढुवानी बढाएका छन् । शाओमी प्रमुख नाफा कमाउने कम्पनी बनेको छ । यसले वर्षभरिमा रुसमा आफ्नो बजार हिस्सा दोब्बर बनाएको छ ।

Advertisement

बेइजिङस्थित कम्पनी अब रुसको स्मार्टफोनको शीर्ष बिक्रेता हो । यसको लोकप्रिय रेडमी लाइनमा भएको हाई क्यामेरा गुणस्तरका लागि परिचित फोन बन्न पुगेको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top