सामाजिक संजालमा लेखेकै भरमा विन्दवासिनी म्युजिकका सञ्चालकलाई ५ वर्ष कैद माग

१८ फागुन ७९, शुक्रबार

१९ फागुन, काठमाण्डौ ।
विन्दवासिनी म्युजिकका सञ्चालकका सुवास रेग्मीविरुद्ध ५ वर्ष कैद सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ (१) बमोजिम सजाय माग गर्दै अभियोगपत्र दर्ता गरेको हो ।

यो कसुर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । रेग्मी फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । सामाजिक सञ्जालमा गालीगलोज गरेको भन्दै संगीतकर्मीले रेग्मीविरुद्ध जाहेरी दिएका थिए ।

गत फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो। सामाजिक सञ्जालमा विभिन्न कलाकारहरूमाथि चरित्र हत्या गरेको आरोप उनीमाथि छ। उनी थाइल्यान्डबाट स्वदेश फर्केलगत्तै पक्राउ परेका थिए।

Advertisement

रेग्मीविरूद्ध महेश आचार्य, प्रमोद खरेल, सत्यराज आचार्य र लक्ष्मण बिडारीले उजुरी दिएका थिए। रेग्मीले सामाजिक सञ्जालमार्फत आफूहरूको चरित्र हत्या गरेको भन्दै उनीहरूले बताएका थिए। जाहेरीको आधार ब्युरोले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसूरमा अनुसन्धान गरेको थियो।

उक्त अनुसन्धान सकेर साइबर ब्युरोले प्रतिवेदन कार्यालयमा बुझाएको थियो। प्रहरीले रेग्मीविरूद्ध पीडितले निवेदनसहित दिएको स्क्रिनसट कागजातहरू प्रमाणको रूपमा पेश गरेको छ। प्रहरी र कार्यालयले उक्त दफाअनुसार कसूर पुष्टि हुने दाबी गरेको छ। उक्त दफाअनुसार एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने उल्लेख छ।

Advertisement

‘कम्प्युटर, इन्टरनेट लगायत विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ,’ उक्त दफामा भनिएको छ।

लामो समयदेखि रेग्मी र केही सङ्गीतकर्मीबीच विवाद छ। यसअघि रेग्मी र गायक प्रमोद खरेलबीच ‘प्रणय’ एल्बमको ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा’ बोलको गीतबारे कुरा नमिल्दा आर्थिक स्वामित्वको विवाद सतहमा आएको थियो।

रेग्मीको फेसबुकको कभर फोटोमा केही चर्चित सङ्गीतकर्मीहरूको हस्ताक्षरसहितको तस्बिर पोस्ट गरिएको छ। २१ जुन २०२१ मा गरिएको उक्त पोस्टमा उनले लेखेका थिए, ’मसँगको व्यक्तिगत इगो साध्न, मेरो निर्दोष परिवारमाथि हात हालेका यी हस्ताक्षरहरू जीवनभर भुल्ने छैन।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top