×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

नेपालसँग निरीह पीएनजी ब्याटर यूएईसँग चम्किए/एकै खेलमा हान्यो ३ अर्धशतक

२६ फाल्गुन २०७९

२६ फागुन,एजेन्सी ।
बिहीबारको खेलमा नेपालले प्रस्तुत गरेको २ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा ४७.१ ओभरमा २ सय ५४ रनमा अल आउट हुँदै ५२ रनले पराजित भएको पपुवा न्यूगिनीले आज सम्मानजनक खेल प्रस्तुत गरेको छ । शीर्ष तीन ब्याट्सम्यानको अर्धशतकप्रेरित पपुवा न्युगिनी (पीएनजी)ले शुक्रबार आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (यूएई) सामु २४७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४६ रनको योगफल खडा ग¥यो । पीएनजीका सेसे बाउले १०६ बलमा १० चौकासहित ८१ रन बनाए । बाउले दोस्रो विकेटका लागि हिरी हिरीसँग ११२ रनको साझेदारी गरेका थिए ।

Advertisement
Advertisement

हिरी हिरीले ८५ बलमा पाँच चौका र चार छक्कासहित ७७ रन बनाए । हिरीले पहिलो विकेटका लागि अर्का ओपनर किप्लिन डोरिगाले ७२ रनको साझेदारी गर्दै पीएनजीलाई बलियो सुरुआत दिलाएका थिए । डोरिगाले ४४ बलमा आठ चौका र दुई छक्कासहित ५५ रन बनाए । तर, मध्यक्रम ब्याटरबाट आशाअनुरुपको प्रदर्शन हुन नसकेपछि पीएनजी ठूलो योगफलसम्म पुग्न भने सकेन ।

हिजोको खेलमा सेसे बाउ ३ रनमा आउट भएका थिए । यस्तै पहिलो विकेटका लागि ओपनर टोनी उरा र किप्लिङ डोरिगाले ११.२ ओभरमा ७७ रनको साझेदारी गरेका थिए । आज पीएनजीका चाड सोपर र नोर्मन भानुअले समान १० रन बनाए ।

कप्तान असद भाला ‘गोल्डेन डक’ भएका थिए । यूएईका आयान अफ्जल खानले तीन विकेट लिए । १० ओभर बलिङ गरेका अफजलले तीन मेडन फ्याक्दै ३४ रनमात्र खर्चिए । जुनैद सिद्दिकीले र जहुर खानले समान दुई विकेट लिए ।

रोहन मुस्तफा र कार्थिक मयप्पनले एक–एक विकेट लिए । नेपाल, यूएई र पीएनजी सम्मिलित यो शृंखला लिग–२ को अन्तिम शृंखला हो । शृंखलाको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो । यूएईको भने यो शृंखलाको पहिलो खेल हो । लिग–२ को शीर्ष तीनमा रहने सम्भावना कायम राख्न यूएई जितको दबाबमा छ ।

यता, पीएनजीको भने शीर्ष पाँचमा अटाउने सम्भावनासमेत समाप्त भइसकेको छ । ३२ खेलबाट ३१ अंक जोडेको यूएई तालिकाको छैटौं स्थानमा छ । ३३ खेलबाट नौ अंक जोडेको पीएनजी पुछारमा छ । यस्तै, ३३ खेलबाट ३४ अंक जोडेको नेपाल तालिकाको पाँचौ स्थानमा छ ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top