न्यूजिल्यान्डदेखि अष्ट्रेलियासम्म शक्तिशाली भूकम्प

२ चैत,एजेन्सी ।
न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले जनाएको छ । आज बिहान १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन भएको र सुनामीको चेतावनी जारी गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

सुनामीले क्षति पु¥याउन सक्ने भएकाले न्यूजिल्याण्ड र टोगा क्षेत्रमासमेत सतर्कता अपनाइएको छ । न्यूजिल्याण्डलाई भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश भनेर पनि चिनिन्छ । केर्मडेक टापुहरू न्यूजील्याण्डको राजधानी वेलिंग्टनको उत्तरपूर्वमा छन् र यो टापु समूह लगभग १३ माइल अर्थात् लगभग २० किलोमिटरको दायरामा फैलिएको छ।

द मिररको रिपोर्ट अनुसार यहाँ केही ज्वालामुखीहरू पनि छन् र यसका कारण प्रायः भूकम्प आउने खतरा रहन्छ। न्युजिल्यान्डका सञ्चारमाध्यमले सबै सुरक्षा उपाय अपनाइएको र कुनै पनि क्षतिबाट बच्नका लागि अधिकारीहरू पूर्ण सतर्क रहेको बताएको छ ।

Advertisement

भूकम्प यति शक्तिशाली थियो कि यसको धक्का अष्ट्रेलियामा पनि महसुस गरिएको थियो। फिजी, न्युजिल्याण्ड र टोंगामा ०.३ मिटर अग्लो समुद्री छाल देखिएको आपतकालीन व्यवस्थापन निकायले जनाएको छ । अस्ट्रेलिया र न्युजिल्याण्ड सुनामीको जोखिममा रहेको न्यूजिल्याण्डको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ । यसअघि त्याहा २०७५ साल भदौमा केर्माडेक द्वीपमा ६.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top