प्रचण्डले चीनको निम्तो नमान्नेः पहिला भारत जाने

२ चैत, काठमाण्डौ ।
तेस्रो प्रधानमन्त्रीत्वकालमा पहिलो विदेश भ्रमण भारतबाटै गर्ने सार्वजनिक बयान दिएका प्रधानमन्त्री पुष्पकमल दाहालले ढिलैगरि भएपनि आफ्नो सो बोली पूरा गर्ने भएका छन् । पछिल्लो पटक विश्वासको मत लिएलगत्तै प्रचण्डको भारत भ्रमणको गृहकार्य सुरु भएको छ ।

दाहालले प्रधानमन्त्री भएलगत्तै गत पुस १२ मा एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए । यसैबीच यता चीनबाट पनि प्रचण्डलाई निम्तो आएको छ । चीनको हेनान प्रान्तमा चैत १४ देखि १७ सम्म हुने कार्यक्रमका लागि चिनियाँ राजदूत छन सोङले फागुन १० मै भेटेर दाहाललाई निम्तो दिएका थिए ।

‘बोआओ फोरम फर एसिया’ नामको कार्यक्रमका लागि प्रधानमन्त्री दाहालको सहभागिताका लागि चीनले निम्तो दिएको हो । तर अब सो कार्यक्रमका लागि दाहाल नजाने सम्भावना बढेको छ । यसअघि पहिलोपल्ट प्रधानमन्त्री हुँदा पनि दाहालले चीनबाट विदेश भ्रमण थालेपछि भारत रुष्ट भएको सन्देश आएको थियो ।

Advertisement

त्यसैले दाहाल यो पल्ट भारत भ्रमण सकेर चीनको बोआओ फोरम भ्याउने मनस्थितिमा थिए । तर, चैत १४ अघि नै भारत भ्रमण सम्पन्न हुने निश्चित नभएपछि उनी बोआओ फोरममा सहभागी नहुने भएका हुन । तर बोआओ नगए पनि भारतको औपचारिक भ्रमणलगत्तै दाहालले चीनको मैत्रीपूर्ण भ्रमण गर्ने गृहकार्य भने भइरहेको पनि बताइएको छ ।

यता प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतबाट अनौपचारिक रूपमा भ्रमणको निम्तो आए पनि हालसम्म लिखित निमन्त्रणा आएको छैन । दाहालले २०७३ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा भने पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै गरेका थिए ।

भारतले भने उपयुक्त समयमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुने बताएको छ । प्रचण्डलाई नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव क्वात्राले औपचारिक रुपमा भारत भ्रमणका लागि पत्र दिने अपेक्षा गरिएपनि राष्ट्रपति निर्वाचनका कारण भन्दै उनको भारत भ्रमण धकेलिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top